काठमाडौँ– दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘घरज्वाइँ’ को छायांकन शुरु भएको छ । पूर्वी रुकुमको लुगुममा आज (शनिवार) क्यामरा पूजा गर्दै फिल्मको छायांकन थालिएको हो ।
फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहनेछ भने अनिल बुढा मगरले निर्देशन गर्नेछन् ।

यस्तै फिल्ममा अनिल बुढा मगर, विनोद खतिवडा र सुभाष कोइरालाले लेखेका हुन् भने कथा निर्देशक मगरकै रहेको छ ।
फिल्मको छायांकन पूर्वी रुकुम, लुगुम, तकसेरा र ढोरपाटन क्षेत्रमा गरिने जनाइएको छ । साथै यो फिल्म आगामी वर्षको असारमा प्रदर्शन गरिने जनाइएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया