मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘दिमाग खराब’ ले मनायो सय दिन 

काठमाडौँ – निश्चल बस्नेतले निर्देशन गरेको फिल्म  ‘दिमाग खराब’ले सय दिन मनाएको छ ।

नेपाली चलचित्रको कथ्य शैली, पात्रको स्वरूप, निर्माण शैलीलगायतमा परिवर्तन ल्याउने चलचित्र ‘लुट’ मार्फत निर्देशनमा उदाएका निर्देशक निश्चल बस्नेतको यो फिल्म गत कात्तिक २४ गतेदेखि प्रदर्शन भइरहेको छ ।

फिल्म ‘दिमाग खराब’ले शनीबार काठमाडौँस्थित रञ्जना सिनेप्लेक्समा सय दिन मनाएको हो ।

हालसम्म १० करोड आसपास कमाई गरेको यो फिल्म प्रदर्शनको दुई दिन कमजोर देखिएको थियो । तेस्रो दिनमा बलिउडको ठूलो फिल्म ‘टाइगर ३’ प्रदर्शनमा आउँदा ‘दिमाग खराब’ले ठूलो चुनौती सामना गर्नुपर्‍यो ।

तर, माउथ  पब्लीसीटीकै कारण तिहार बिदामा फिल्मले बक्स अफिसमा उछाल कायम गर्‍यो । अन्ततः ‘टाइगर ३’ले एक हप्तामै नेपालका हलमा दम तोड्यो । ‘दिमाग खराब’ले भने प्रदर्शनको सय दिन पूरा गरेको छ ।

‘दिमाग खराब’बाट उनले ६ वर्षपछि निर्देशनमा पुनरागमन गरेका हुन् । उनले यसको सिक्वेल समेत घोषणा गरिसकेका छन्, जुन २०८३ सालमा प्रदर्शन गर्ने उनको लक्ष्य छ । उनले २०८४ सालको चुनावलाई लक्षित गरेर फिल्म बनाउन लागेको बताइन्छ ।

यसअघि गत बैशाख १ गते प्रदर्शनमा आएको उपेन्द्र सुब्बाका फिल्म ‘जारी’ले सय दिन मनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?