मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

किन फाइदाजनक छ शाहाकारी भोजन ?

माछा मासु रहित खानालाई शाकाहारी भोजन भनिन्छ । मानिसहरू शाकाहारी भोजन भन्दा मांसाहारी भोजन गर्न रुचाउँछन् । अझ कोही कोही त मासु बिना खाना नै नखाने सम्म पनि हुन्छन् । हाम्रो भान्सामा कम्तीमा हप्ताको एक पटक मासु पाकेकै हुन्छ ।

माछा मासुको सेवन गर्दा मान्छे निकै स्वस्थकर रहन्छ र  फाइदाजनक हुन्छ र मासु नखाने शाकाहारी व्यक्तिहरू भने रोगी हुन्छन्, स्वस्थ रहँदैनन्, कमजोर हुन्छन् भन्ने हाम्रो आम बुझाई पनि छ ।

तर शाकाहारी खानेकुराले शरीरलाई बलियो बनाउनुका साथै मानसिक स्वास्थ्यलाई समेत हित गर्ने विभिन्न अध्ययनहरूको निष्कर्ष रहेको छ ।

शाकाहारी खाना खानुका फाइदाहरू :

– शाकाहारी खानाले मोटोपना घटाउनुका साथै मानिसमा रहेको कार्य क्षमता समेत बढाउने गर्छ । 

–डायबिटिज, उच्च रक्तचाप, मोटोपना,मस्तिष्कघात,क्यान्सर जस्ता रोगको रोकथाममा शाकाहारी खाना उपयोगी हुने विभिन्न अध्ययनहरूले देखाएको छ । 

–ताजा सागसब्जी, फलफूल तथा हरियो सागसब्जीमा एन्टिअक्सिडेटको मात्रा बढी रहेको हुन्छ जुन मांसाहारी खानेकुराबाट पाउन सकिँदैन । 

– मुटु रोग क्यान्सर जस्ता रोग उत्पादन गर्ने रासायनिक तत्त्वहरूलाई एन्टिअक्सिडेटले नष्ट गर्ने काम गर्छ । शाकाहारी खानेकुरामा फाइटोकेमिकल्सको मात्रा धेरै रहेको हुन्छ । यसले पनि विभिन्न प्रकारका प्राणघातक रोगहरूको जोखिमलाई घटाउने गर्छ । 

–शाकाहारी खानेकुरामा बढी मात्रामा पाइने फाइबरले कोलेस्ट्रोल शोषणको मात्रामा घटाउने गर्छ । जसले आन्द्रा सम्बन्धी धेरै रोगहरूलाई फाइदा हुने गर्छ । 

–मांसाहारी खानेकुराको तुलनामा शाकाहारी खानेकुरामा स्याच्यूरेटड फ्याक्ट कम हुने भएकोले यसले रगतमा खराब प्रकारको कोलेस्ट्रोल मात्रा कमी हुने गर्छ । फलफूल तथा सागसब्जीको बढी प्रयोगले शरीरमा खराब कोलेस्ट्रोल मात्रा बढ्न पाउँदैन । मांसाहारी खानामा शाकाहारी खानामा भन्दा सोडियमको मात्रा बढी हुने गर्छ । 

–शाकाहारी खाना खाने व्यक्तिमा आँखासम्बन्धी समस्या कम हुने गर्छ । मांसाहारी खानेकुरामा क्यालोरी बढी हुने भएकोले शाकाहारी खानाले तौल घटाउन सहयोगी भूमिका खेल्न सक्छ । 

–शाकाहारी खानेकुराको सेवन गर्ने मानिसहरूमा श्वासप्रश्वासको समस्या कम मात्रामा आउने गर्छ । 

–मांसाहारी खाना खाने मानिसहरूलाई भन्दा शाकाहारी खानेहरूलाई फुड एलर्जी कम हुने अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?