मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चितुवाको आक्रमणबाट युवक घाइते

जोयनेपाल
78
Shares
फाइल फाेटाे

कञ्चनपुर– कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् ।

मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका–३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन ।

कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार चन्दलाई बेलौरी नगरपालिका–८ खपटी खोला नजिकै हुलाकी सडकमा  शुक्रबार साँझ चितुवाले आक्रमण गरेको हो ।

आक्रमणमा परी चन्दको हातमा चोट लागेको छ । उनको मोटरसाइकलमा समेत क्षति पुगेको प्रमुख यादवले बताए । गत वर्ष पुर्नबास र बेलौरी नगरपालिकामा बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?