मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रामजीप्रसाद आचार्यको कविता: एक अभियुक्तको बयान !

श्रीमान् !
अदालतको यो कठघरामा उभिएर
मेरो बयान यसप्रकार छ कि,
मेरा विरुद्धमा दायर भएको अभियोग ठीक साँचो हो ।
मैले आफ्नो र आफ्ना सबैका रहर बन्धकीमा राखेर
सपनाको शहरमा म पसेको थिएँ
तर नियतिले मेरो हातमा अभाग थमाएर गयो ।
मैले परिवारको खुशी निखन्न नसकेपछि
ती तमाम सपनाहरुको सफाया गरेर आएको हुँ ।
श्रीमान्
मैले साकार पार्न सक्नुपर्दथ्यो मेरी आमाको सपना
तर म आमाको सपनाको हत्यारा भएर निस्केँ
मैले अटल राख्न सक्नुपर्दथ्यो मेरी जहानाको विश्वास
तर म विश्वासघात गर्ने आततायी भएर निस्किएँ
म हुनु पर्ने थियो सन्तानको भविष्यको संरक्षक
तर म तिनका भविष्य संहारक भएर निस्किएँ
मैले सत्य सत्य बोल्दैछु श्रीमान्
मैले नै कर्तव्य गरि मारेको हुँ तिनका सुनौला आशा र भरोसालाई
म सावित छु हरेक अभियोगहरुमा
अपराध संहिताका सबै दफा मेरा विरुद्ध उभिएका छन्
प्रतिवादमा मेरो भन्नु अरु केही छैन
बिन्ती छ
मलाई अभियोग मागदावि बमोजिम हदैसम्मको सजाय होस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?