मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गोलीकाण्डमा मारिएकी महिलाको परिवारलाई टेलरद्वारा एक लाख डलर दान

काठमाडौँ – अमेरिकी पप गायिका टेलर स्विफ्टले केनससमा भएको सामूहिक गोलाबारीमा मारिएकी महिलाको परिवारका लागि १ लाख डलर दान गरेकी छन् ।

गत बुधबार केनसस सिटी चिप्स परेडमा गोलाबारी हुँदा केनसस सिटीको केकेएफआई रेडियो स्टेसनकी डीजे लिसा लोपे–गेल्वनको मृत्यु भएको थियो । 

लोपे–गेल्वनले चिप्सको सुपर बाउल विजयको खुसी मनाउनका लागि भएको र्‍यालीमा सहभागिता जनाएकी थिइन्, त्यही बेला एक बन्धुकधारीले र्‍यालीमा गोलाबारी गरेका थिए । यो घटनामा लोपे–गेल्वनको परिवारका तीन सदस्यसहित कुल २१ जना घाइते भएका थिए ।

४४ वर्षीया गेल्वन परिवारका लागि ७५ हजार डलर जुटाउने लक्ष्यका साथ बिहीबार दिउँसो एलिाबेथ लोपे–गेल्वन मेमोरियल पेज बनाइएको थियो । तर शुक्रबार टेलरले १ लाख डलर दान गर्दै लक्ष्य भन्दा २५ हजार डलर नै रकम उठेको हो ।

टेलरले दान गर्दासम्म  करिब १३ सय व्यक्तिले दान गरेका थिए । टेलरले सुरुमा ५० हजार डलर दान गरेकी थिइन् । त्यसको आठ मिनेट पछि पुनः ५० हजार डलर दान दिइन् । अहिले पेजमा १ लाख ७३ हजार भन्दा बढी रकम जम्मा भइसकेको छ ।

आफ्नो दानका साथ टेलरले लोपे–गेल्वनको मृत्युमा सो जनाउँदै उनको परिवारका लागि समवेदना व्यक्त गरेकी छन् । ‘तपाईँको विनाशकारी नोक्सानका लागि म आफ्नो गहिरो समवेदना र प्रेमले सहयोग पठाइरहेकी छु’, दानसँगै उनले लेखेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?