मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

घुँडा र जोर्नी दुख्ने समस्या किन हुन्छ ? यस्ता छन् समाधानका उपाय 

करिब २० प्रतिशत मानिसमा कुनै न कुनै खालको जोर्नीको समस्या हुन सक्ने अध्ययनहरूले देखाएका छन् ।

संसारभरि विभिन्न अस्पतालमा गरिएका अनुसन्धानका आधारमा हरेक वर्ष जस्तो घुँडा र अन्य जोर्नीको समस्या लिएर आउने बिरामीको चाप बढ्दो छ ।

जोर्नी र घुँडा दुख्ने अनेकौँ कारणमध्ये घुँडाको हड्डी खिइनु मुख्य कारण हो । जसलाई ओस्टियोआर्थराइटिस भनिन्छ र प्राय बुढ्यौलीको रोग पनि भनिन्छ जुन महिलामा र अधिक वजन भएका मानिसमा बढी देखिन्छ ।

सामान्यतया यो समस्या ५०–६० वर्ष काटेकाहरूमा बढी देखिन्छ । 

जोर्नी दुख्ने कारण :

–जाडोमा हाड जोर्नी सञ्चालन हुनका लागि तरल पदार्थको आवश्यकता पर्छ । चिसो मौसममा तरल पदार्थ जम्ने गर्छ । त्यसले गर्दा जोर्नीमा जाम हुन्छ । जोर्नीमा अररोपना आउँछ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ।

–चिसोले गर्दा रगतका नलीहरू साँघुरिने गर्छन् । त्यसरी रगतका नसाहरू साँघुरिँदा शरीरमा राम्रोसँग रगत सञ्चालन हुन नपाउँदा बाथरोग हुने गर्छ । चिसोमा जोर्नीहरू कट्कट्ती खाने र दुख्ने हुन्छ । त्यस क्रममा पहिला हातका पन्जाको जोर्नी सुनिन्छ । त्यसैले जाडोमा बाथको समस्या बढ्ने गर्छ ।

घुँडा कस्तो जोर्नी हो ?

मान्छेको ठाडो शारीरिक बनावटले गर्दा हिँड्ने बेलामा शरीरको भार एक खुट्टाबाट अर्को खुट्टामा हुँदै भुईँमा जाने भएकोले शारीरिक तौल बढी भएको मान्छेमा घुँडाको हड्डी चाँडै खिएर घुँडा दुख्ने समस्या धेरै देखिन्छ ।

घुँडाको जोर्नी खिइने ३ चरणहरू 

पहिलो चरण–माइल्ड स्टेज 

कालो ओरालो हिँड्दा बढी दुख्ने, समथर ठाउँमा हिँड्दा अलि कम दुख्ने, पलेँटी कस्न र टुक्रुक्क बस्न गाह्रो हुने, निन्द्रामा पनि दुख्ने जस्तो अनुभव हुने हुन्छ । 

दोस्रो चरण– मोडरेट स्टेज 

यो अवस्थामा समथर ठाउँमा हिँड्दा पनि बढी दुख्ने, उकालो ओरालो गर्न गाह्रो हुने, पलेँटी कस्न र टुक्रुक्क बस्न अझै गाह्रो हुने हुन्छ  ।

तेस्रो चरण– सिभियर स्टेज

 यो तेस्रो चरणमा भने उकालो ओरालोमा लट्ठीको सहायताले पनि हिँड्न गाह्रो हुने, पलेँटी कस्न र टुक्रुक्क बस्न नसकिने, घुँडा बाङ्गो हुँदै जाने हुन्छ । 

उपचारका उपायहरू :

–औषधि बिरामी र रोगको अवस्था बुझेर उपयुक्त औषधिको उचित मात्रामा प्रयोग गर्नु पर्दछ । 

–दुखाइ कम गर्ने औषधिको मात्र प्रयोग गरेर रोग निको हुँदैन । शरीरमा हानी नहोस् र रोग निको होस भन्नका लागि चिकित्सकको सल्लाह बमोजिम उपयुक्त तोकिएका औषधि मात्र प्रयोग गर्नु पर्दछ ।

–रोग र बिरामीको अवस्था बमोजिम चिकित्सकको सल्लाह अनुसारको उपयुक्त उपचार गर्नु पर्दछ जसले गर्दा रोगबाट चाँडै मुक्ति पाउन सकिन्छ ।

यस्ता विधिमा उपयुक्त जडीबुटी वा औषधिको प्रयोग गर्ने, सेक्ने,  उपयुक्त किसिमले मालिस गर्ने तथा चलाउने गर्ने गरिन्छ ।

सामान्यतया यस्ता समस्याहरूमा अस्पतालहरूमा उपलब्ध प्रचलित पञ्चतत्त्व थेरापीहरुमा जल, आप, तेज, वायु, आकाश आदिको विशेष प्रयोगद्वारा उपचार गरिन्छ ।

– मोटोपनको समस्या भए तौल नियन्त्रण, साथै फिजियोथेरापी, अकुपञ्चर, खानपान, जीवनशैली अत्यन्त महत्वपूर्ण हुन्छ ।  

–उपयुक्त किसिमको योग गर्ने, नियमित मध्यम खालको उपयुक्त आसन, प्राणायाम र ध्यानलाई सन्तुलित ढङ्गले गरेर, तोकिए बमोजिम प्रयोग गरेर सम्बन्धित भागलाई बलियो पार्न, सामान्य किसिमले सञ्चालन गर्न र रोगबाट मुक्ति पाउन सकिन्छ ।

यस्तो योगहरू गर्दा जोर्नी तथा नशामा हानी नहुने किसिमले चिकित्सक वा सम्बन्धित शिक्षक (थेरापिस्ट)ले बताए बमोजिम संयमपूर्वक गर्नु पर्दछ ।

–सन्तुलित उपयुक्त आहार सेवन गर्नु पर्दछ । रोग लागेको छ भने चिकित्सकको सल्लाह अनुसार हानी गर्न सक्ने खाने कुराहरूबाट बच्नु पर्दछ ।

–अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाइमा रामवाणको काम गर्छ । यसलाई चियासँग सेवन गर्न सकिन्छ । अथवा यसको रस पिउँदा पनि हुन्छ । साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ ।

–कागतीको सेवनले पनि घुँडाको दुखाई शान्त गर्छ । यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ । 

–तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने । नियमितरुपमा यसो गर्दा घुँडाको दुखाई पक्कै कम हुन्छ ।

–घुँडाको दुखाई भगाउनका लागि बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा मौजुद रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ र दुखाई कम गर्न सहयोग गर्छ ।

–मेवाको बीज अत्यन्तै उपयोगी हुन्छ । यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ दुखाइबाट उन्मुक्ति पाइन्छ ।

–गाजरले हाम्रो शरीरलाई पौष्टिक तत्त्व प्रदान गर्छ । यदि घुँडाको दुखाइबाट पीडित हुनुहुन्छ भने बढिभन्दा बढी गाजर खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाइबाट छुटकारा दिलाउँछ ।

–घुँडाको दुखाई छ भने मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ । यसबाट घुँडाको दुखाई शान्त हुन्छ।

–प्याजले पनि घुँडाको दुखाइबाट छुटकारा दिलाउन सक्छ । सोझै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ ।

–नरिवलको तेल: खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ । साथै घुँडाको दुखाइमा पनि यसको प्रयोग गर्न सकिन्छ ।

–रातो खुर्सानीको प्रयोगले घुँडाको दुखाइमा राहत प्राप्त हुन्छ । यसमा रहेको केपसाइसिनले पेनकिलरको जस्तै काम गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?