मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समुद्रमाथि संसारकै सानो देश !

काठमाडौँ – बेलायतको तटपारी एउटा त्यस्तो ठाउँ छ, जसले आफूलाई एउटा सार्वभौमसत्ता सम्पन्न देश मान्दछ ।

संसारका अरू कुनै पनि देशले त्यसलाई देशको मान्यता नदिएका कारण मात्रै यो आधिकारिक रूपमा संसारकै सबैभन्दा सानो देश नभएको हो। तैपनि यो देशको आफ्नै झन्डा, राष्ट्र गान, मुद्रा राजसंस्था, राहदानी समेत छ । त्यस देशको नाम हो, सिल्याण्ड ।

सबैभन्दा गजबको कुरा त के छ भने, त्यस देश जमिनमा छैन । खासमा यो देश दोस्रो विश्वयुद्धमा जर्मन आक्रमणलाई परास्त गर्न बेलायतको तट पारी समुद्रमा बनाइएको एचएम फोर्ट रोग्स हवाई प्रतिरोधी तोपका दुई खम्बाजस्तो जगमा स्थापित छ । यहाँ बस्नका लागि घर छ, हेलिकोप्टर ल्याण्ड गर्न हेलिप्याड छ ।

यो देश बेलायतको सफोक शहरको तटभन्दा १२ किलोमिटर टाढा समुद्रमा दुई खम्बामाथि अवस्थित छ । यस देशले केही दर्जन मानिसलाई आफ्नो नागरिकता दिएको छ भने अरू सयौंले यहाँको राहदानी लिएका छन् । यो देशको इतिहास पनि उत्तिकै रोचक छ । दोस्रो विश्वयुद्धपछि पनि एक दशकसम्म फोर्ट रोग्समा बेलायती नौसेनाको उपस्थिति थियो । सन् १९५४ मा बेलायती नौसेना यहाँबाट हट्यो ।

त्यसपछि केही वर्ष त्यस स्थान जस्ताको त्यस्तै रह्यो । सन् १९६५ मा अ वैध रेडियो सञ्चालक ज्याक मुर र उनकी छोरीले त्यहाँ कब्जा जमाए । त्यहीँबाट उनीहरूले रेडियो क्यारोलाइन नामक रेडियो सञ्चालन गर्न थाले ।

तर सन् १९६७ मा एक कानूनी ल डाईंपछि एकजना पूर्व बेलायती सैनिक पेडी रोय बेट्सले फोर्ट रोग्समा आफ्नो पकड जमाए । मुरले जस्तै बेट्सले पनि यहाँबाट अवैध रेडियो नै सञ्चालन गर्ने विचार त गरेका थिए तर, उनको रेडियो कहिल्यै अन एअर भएन ।

त्यसपछि फोर्ट रोग्स भत्काउनका लागि त्यहाँ केही बेलायती कामदार त आएका थिए तर, बेट्सका छोरा माइकलले बन्दुक पड्काएर उनीहरूलाई त्यहाँबाट धपाए । यस घटनापछि बेट्सले त्यसलाई बेग्लै देश बनाउने विचार गरे ।

त्यसैअनुसार संविधान, राष्ट्र गान, झन्डा इत्यादिको व्यवस्था गरी उनले फोर्ट रोग्सलाई सिल्याण्ड नामक बेग्लै देश घोषणा गरे र आफूले आफैँलाई राजकुमार रोय घोषणा गरे । बेलायतले त्यसको विरोध गर्‍याे । तर, फोर्ट रोग्स अन्तर्राष्ट्रिय समुद्रमा रहेकाले बेलायतले त्यसको औचित्य पुष्टि गर्न सकेन ।

सन् १९६८ मा रेडियो क्यारोलाइनले केही भाडाका लडाकु जम्मा पारेर सिल्याण्डमाथि आक्रमण गर्‍याे । तर बेट्स र उनका सहयोगी मिलेर पेट्रोल बम र हवाई फायर गरेर सिल्याण्डमाथिको आक्रमण विफल पारे ।

गजबको घटना त सन् १९७८ मा घट्यो । जतिबेला सिल्याण्डको प्रधानमन्त्री घोषित जर्मन नागरिक अलेक्जेन्डर अशेनबाखले राजकुमार पेडी रोय बेट्स र राजकुमारी जोआना बेलायतमा रहेका बेला केही जर्मन र डच भाडाका लडाकु जम्मा पारेर सिल्याण्डमाथि सैनिक आक्रमण गरे ।

उनीहरूले सिल्याण्डका राजकुमार पेडी रोय बेट्सका छोरा माइकललाई बन्दी समेत बनाएका थिए । तर, माइकलले बहादुरीपूर्वक लडेर आक्रमणकारी लडाकुले आत्मसमर्पण गर्न बाध्य पारे ।

जर्मन नागरिक अशेनबाखले देशद्रोह गरेको फैसला गर्दै ३५ हजार अमेरिकी डलर जरिवाना तिर्न लगाइयो । त्यसयता सिल्याण्ड शान्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?