मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यी हुन् अनुहारको छाला कालो हुनबाट जोगाउने उपाय 

– सम्भव भए सम्म घाममा बाहिर निस्कँदा अनुहारलाई छोपेर निस्कनुहोस् । किनकि सूर्यको प्रकाशमा भएको पराबैजनी किरणहरू अनुहार कालो हुने कारण हुन सक्छ ।

– परावैजनी किरणबाट जोगिन अनुहार लगायतका खुल्ला अङ्गहरूमा ‘ सन्सक्रिम’, लोसन आदि प्रयोग गर्ने । घर बाहिर निस्कँदा अनुहारमा प्रत्यक्ष घाम नपर्ने गरी टोपी लगाउने । 

– बिहानैको घामले अनुहारमा असर नगर्ने मान्यता राख्छौँ तर यो गलत हो । यसकारण बिहान हिँड्दा पनि अनुहार छोप्नुहोस् र सन्सक्रिम लगाएर बाहिर निस्कनुहोस् । 

– घर बाहिर निस्कँदा मोइस्चराइजर, सन्सक्रिम लोसन, छाता, टोपी,  र पर्याप्त पानी साथ भए तपाई धेरै हद सम्म परावैजनी किरणले अनुहार, छालामा पार्ने दुष्प्रभाव वाट जोगिन सक्नु हुन्छ ।

– फिल्डमा काम गर्न जाने केही महिलाहरू बाथरुम जानुपर्ला भनेर पानी कम खाने गरेको पाइन्छ । यस्ता व्यक्तिको शरीरमा पानीको कमी भएर पनि अनुहारमा  कालोपन हुन सक्छ ।

– महिनावारीमा समस्या भएकाहरूको पनि डार्क सर्कल देखिने गर्छ । अझ शरीरमा रगतको को कमी अर्थात रक्त अल्पता भएकाहरू यो समस्या सँग जुध्न सक्छन् ।

– आँखा कमजोर भएका, चस्मा लगाउनेहरूमा पनि डार्क सर्कल बढी देखिने गर्छ । यति मात्र नभई टाउकोमा मेहन्दी लगाउने, आँखाको सौन्दर्य प्रशाधन लगाउने हरुमा पनि डार्क सर्कल देखिन सक्छ ।

– कहिले काहीँ तपाइले लगाउने क्रिम लगायतकाले गर्दा पनि डार्क सर्कल, अनुहार कालो हुने, चमक हराउने जस्ता समस्या देखिन सक्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?