मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सारङ्गीलाई देशको मुख्य बाजा बनाउने १२ वर्षीया प्रकृति गायकको चाहना

पोखरा – पोखरा हेम्जाकी प्रकृति गायक १२ वर्षकी भइन् । ६ कक्षामा पढ्दै गरेकी प्रकृति गन्धर्व सारङ्गी संरक्षण पाठशालामा सारङ्गी बजाउन सिकिरहेकी छन् ।

उनी शुक्रवार पोखरा फेवा ता किनारमा चलिरहेका सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ‘कथा भन्ने सारङ्गी’ सत्रमा उनी सारंगी वादक तथा गायक चित्रबहादुर गन्धर्व र हरिबहादुर गन्धर्वसँगै स्टेजमा उभिएकी थिइन् । चित्रबहादुर र हरिबहादुरले सारङ्गीमार्फत दुलही रुवाउने धुन, स्वस्थानी गाथा लगायतका गीत गाएका थिए । भने प्रकृतिले सारङ्गीमार्फत राष्ट्रिय गान र रेसम फिरिरि गीत गाएकी थिइन् ।

प्रकृतिले उक्त कार्यक्रममार्फत आफूले सारङ्गीलाई देशको मुख्य बाजा बनाउने हो भन्ने कुरा चिनाउन चाहेको बताइन् । किन सारङ्गी बजाउन लाग्नुभयो भन्ने प्रश्नमा प्रकृतिले भनिन्, ‘सारङ्गी बजाएर देशभरि नै हाम्रो मुख्य बाजा हो भन्ने कुरा चिनाउन चाहन्छु ।’

चित्रबहादुर गन्धर्वले राष्ट्रिय बाजा भनेकै सारङ्गी, बासुरी र पञ्चेबाजा भएकाले यसलाई लोभ हुनबाट रोक्नुपर्ने बताए । ‘यसको भविष्य नराम्रो बन्दैन हजुर । राम्रै बन्छ । कुनै किसिमको महोत्सवदेखि हरेक ठाउँमा पहिला हाम्रो संस्कृत भनेको बासुरी, सारङ्गी र बादल मात्रै हो । विदेशी बाजा आएर धेरै रमझम मात्र भएको हो । मन अलिकति लोभिएको मात्रै हो,’ उनले भने, ‘यो संस्कृति, हाम्रो राष्ट्रिय बाजा भनेकै सारङ्गी, बसुरी र पञ्चेबाजा । यसलाई लोभ हुन दिन कहिले पनि हुँदैन ।’

यसलाई संरक्षण गर्न ठाउँ ठाउँमा प्रशिक्षण गराइएको चित्रबहादुरले सुनाए । ‘लोभ हुन नदिने हामीले ठाउँ ठाउँमा कार्यक्रम गरिराखेको छौँ । ससाना नानीहरू प्रशिक्षण पनि दिइराखेका छौँ,’ उनले भने । हरिबहादुर र चित्रबहादुर लोक गीत गाउँदै नेपालका पश्चिमी भाग डुल्ने गर्छन् ।

‘जे थर्टी–थ्री’ को स्नेक प्रिभ्यु

कुमार नगरकोटीले आफूले लेखेको जे थर्टी–थ्री पुस्तकको स्नेक प्रिभ्यु गरेका छन् । उनले उक्त पुस्तकमा समेटिएको पृष्ठभूमि, समावेश विषयवस्तुको बारेमा जानकारी दिएका थिए । गाफिक नोभल एउटा पनि नभएको देखेपछि यो पुस्तकको कन्सेप्ट आएको नगरकोटीले बताए । ‘धेरै वर्ष अगाडि म एउटा ब्रिटिस विद्यार्थीलाई पढाउँथें । उसको नाम टम्प थियो । नेपाली भाषा पढाउँथे । उसले सोध्यो तेरो ग्राफिक नोभल कुन हो त । तेरो देशको ग्राफिक नोभल पढ्छु । अब कुनै छैन । मैले भने मेरो देशमा ग्राफिक नोभल छैन । त्यो भनिरहँदा मलाई सङ्कोच लाग्यो । अब ग्राफिक नोभल नभएपछि त आफै लेख्नुप¥यो । त्यसरी यो पुस्तकको कन्सेप्ट आएको हो,’ उनले भने

७÷८ वर्ष अघिको कन्सेप्ट रहेको उनले बताए । ‘यो लेख्ने कन्सेप्ट चाहिँ ७÷८ वर्ष अघिको हो । जनवरी ३३ जन्मेको पात्र छ । त्यसैले यसको नाम ‘जे थर्टी–थ्री’ रहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?