मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रधानसेनापति शर्माद्वारा पाथीभराको दर्शन

ताप्लेजुङ – प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गरेका छन् । बिहान हेलिकप्टरमार्फत पाथीभरा आएका शर्माले पाथीभराको दर्शन गरेर फर्किएका हुन् ।

नेपाली सेनाको हेलिकप्टरमा आएका शर्मा पाथीभराको दर्शन ‘पूजापाठ’ पछि सुकेटार विमानस्थल हुँदै फर्किएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उनले बताए । गत वर्ष पनि पाथीभराको दर्शनमा आएका शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताए । शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडौं फर्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?