मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मुम्बईमा सिनेड्रिम्स इन्टरनेशनल फिल्म फेस्टिभलको घोषणा

काठमाडौं – मुम्बईमा सिनेड्रिम्स इन्टरनेशनल फिल्म फेस्टिभलको घोषणा भएको छ । संस्थापक र आयोजक अयुब खानले सिनेड्रिम्स अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आधिकारिक घोषणा गरेका थिए।

यस अवसरमा संस्थापक तथा आयोजक अयुब खान, सैयद अहमद, निर्माता निर्देशक मेहुल कुमार, ब्राइट आउटडोर मिडियाका डा. योगेश लखानी, श्याम सिंघानिया, निर्देशक जय प्रकाश र लेखक अमित खान उपस्थित थिए।

यस फिल्म फेस्टिभलको निर्देशक बोर्डमा पहलाज निहलानी, श्याम सिंघानिया, गीतकार समीर अन्जान, रईस अहमद, जरिना वहाब, कौसर खालिद जस्ता ठूला नाम छन्। महोत्सवको निर्णायक सदस्यहरुमा मेहुल कुमार, कोमल नाहटा, सञ्जय मासुम, जितेन्द्र वत्स, सुभाष साहु, पराग चापेकर, राजीव वर्मा, सतलज धीर, सैकत दास, तुषार थोरात, सीमा पाहवा, अतुल मोहन र अनिल दुबे रहेका छन् ।

फिल्म उद्योगमा विगत ४ दशकदेखि निर्माता, निर्देशक, लेखक र वितरकको रूपमा कार्यरत अयुब खानले यो अनौठो फिल्म फेस्टिभल २८ र २९ मे २०२४ मा मुम्बईको जुहू पीभीआर सिनेमामा आयोजना हुने र अवार्ड वितरण ३० मईमा गरिनेछ। उनले बाल्यकालदेखि नै चलचित्र मन परेको र चलचित्रलाई नै आफ्नो सर्वस्व ठानेको बताए ।

चलचित्र र चलचित्रकर्मीप्रतिको यही मायाका कारण उनले राम्रो चलचित्र र उनीसँग आवद्ध कलाकार, निर्देशक, निर्माता र प्राविधिकलाई प्रशंसा गर्ने यो चलचित्र महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सव सम्मेलनमा उपस्थित सबै अतिथिहरू, मेहुल कुमार, योगेश लखानी र श्याम सिंघानियाले अयुब खानको दृष्टिकोणको प्रशंसा गर्दै महोत्सवलाई पूर्ण रूपमा सहयोग गर्ने वचन दिए। सबै अतिथिहरूले अयुब खानलाई कार्यक्रमको लागि शुभकामना दिए र अभिनेत्री र प्रभावकार एकता जैनले शुभारम्भ कार्यक्रमको उत्कृष्ट एन्करिङ गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?