मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्लगर नुसेरले एक महिनासम्म गरे बौद्ध धर्मको अध्ययन

काठमाडौं – ‘नास डेली’ का चर्चित भ्लगर नुसेर यासिनले एक महिना लगायर बौद्ध धर्मको अध्ययन गरेका छन् । एक महिना नेपाल बसेर बौद्ध धर्मबारे अध्ययन गरेका नुसेरले आफूले सिकेका कुराहरुको अनुभवहरुको बारेमा ८ मिनेट ५५ सेकण्ड लामो भिडिओ अपलोड गरेका हुन् ।

नेपाल आएर बुद्ध जन्मेको देशका रूपमा नेपालाई चिनाउँदै सामाजिक सञ्जालमा भिडिओ तथा फोटोहरू शेयर गरेका थिए । आफू बौद्ध धर्मप्रति आकर्षित भएको र अध्ययनका लागि नेपाल आएको उल्लेख गरेका थिए ।

भ्लगर नुसेरले एक महिनासम्म बौद्ध धर्म अध्ययन गरेर भिडियो बनाएको बताएका छन् । बुद्धिज्मले खुशी बाहिरबाट नभएर आफू भित्रबाट प्राप्त हुने कुरा आफूले सिकेको उनले उल्लेख गरेका छन् । बुद्धिज्म कुनै धर्म नभएर जीवन जिउन सिकाउने फिलोसपी भएको उनले भिडिओमा भनेका छन् ।

नेपाल आउँदा नै नास डेलीका भ्लगर नुसेरले लुम्बिनीमा बौद्ध धर्मावलम्बीहरूसँग आफूलाई जोड्न खोजेको बताएका थिए । साथै बौद्ध धर्मावलम्बीका गुरूहरूसँगका भिडिओ तथा फोटोहरू ‘इन्स्टाग्राम’ मा शेयर गरेका थिए । नुसेरले आफूलाई ६ महिना बौद्ध, हिन्दू लगायत सबै धर्मसँग जोडिएर बुझ्ने कोसिस गर्ने थिए बताएका थिए ।

नास डेलीका भ्लगर नुसेर इजरायलका हुन् । उनको युट्युबमा १ करोड ३१ लाख बढी सस्क्राईबरहरू रहेका छन् भने ‘इन्स्टाग्राम’ मा ४५ लाख बढी फलोवअर्सहरू रहेका छन् । सन् २०११ देखि आफ्नो युट्युबको करियर सुरू गरेका नास डेली विश्वभरी ‘द्याट्स वान मिनेट, सीयु टुमारो’ नामक डाइलगबाट चर्चित छन् । आफ्ना हरेक भिडिओमा उनी यो लाइन प्रयोग गर्न गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?