मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रतिस्थापन कलामा प्रकृतिको चित्रण

काठमाडौँ– प्रकृति र यसको महत्वलाई दर्शाउने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘प्र–कृति : प्रतिस्थापन कला प्रदर्शनी २०८०’ शीर्षकमा प्रतिस्थापन कला प्रदर्शनी शुरु भएको छ ।

वास्तुकला तथा अन्य सिर्जनात्मक कला (बहुआयामिक कला) विभागको आयोजना र ग्यालरी एम क्युबको सहकार्यमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउद, प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, विभागीय प्रमुख सौरगंगा दर्शनधारी लगायतको उपस्थितिमा बिहीवारबाट प्रदर्शनी शुरु गरिएको हो ।

प्रदर्शित कलाहरुमा प्रकृति र मानवबिचको अन्योन्याश्रित सम्बन्धलाई देखाउन खोजिएको छ । कला अवलोकन गर्दै मन्त्री साउदले मान्छेबिच द्वन्द्व चलिरहेको बताउँदै मानिसले प्रकृतिको विनाश गरिरहेको बताए ।

प्रकृतिले पनि विभिन्न प्राकृतिक विपत्तिहरूको माध्यमबाट मानिसलाई सजाय दिइरहेको समेत उनले सुनाए । कुलपति हार्तम्छालीले प्रतिस्थापन कला भनेकै बहुमाध्यमहरूको प्रयोगबाट विभिन्न भावहरूलाई प्रस्तुत गर्ने कला भएको बताए ।

उनले भने, ‘कुनै पनि वस्तु स्वयंले बोकेको भावलाई कलाकारले फरक बनाउन सक्छ । फरक–फरक वस्तुलाई फरक भावमा प्रस्तुत गर्न सक्ने खुबी कलाकारमा हुन्छ ।’ सामाजिक उत्पीडनलाई कलामार्फत समसामयिक विषयवस्तुमा उठान गर्नुपर्ने विचार समेत उनले व्यक्त गरे ।

प्रदर्शनीमा कलाकारहरू सागर मानन्धर, सुशीला सिंह, मीना कायस्थ, विनय रिमाल, सुशान्त श्री राजभण्डारी, मनिषलाल श्रेष्ठ लगायतका कलाकारहरुका कलाकृतिहरु छन् । कलाको प्रदर्शनी चैत ३ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?