मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यसरी लगाउनुहोस् लिपस्टिक, लामो समयसम्म टिक्छ  

महिलाहरूले प्रयोग गर्ने कस्मेटिक मध्यको एक हो लिपस्टिक । ओठ सौन्दर्यका लागि लिपस्टिक प्रयोग गरिन्छ । अधिकांश महिलाहरूले यसको प्रयोग गर्ने गर्दछन् ।

अन्य शृङ्गारका साधनहरू प्रयोग नगर्ने महिलाहरूले पनि लिपस्टिक मात्रै भएपनि लगाउने गरेको पाइन्छ । तर, लिपस्टिक कसरी प्रयोग गर्ने ? यसको सही विधि जान्न सके थप आकर्षक देखिन्छ ।

हामीले ध्यानपूर्वक लगाउने गर्दा हेर्दा आकर्षक र सुन्दर देखिने गर्छ । 

–लिपस्टिक लगाउनुअघि आफ्नो ओठलाई हल्का स्क्रब गर्ने गर्नुहोस् । यसो गर्दा ओठको मृत कोशिकाबाट छुटकारा मिल्छ । यसरी लगाउँदा लिपस्टिक ओठमा राम्ररी लाग्छ र ओठको प्राकृतिक रङ्गसँग मिल्न जान्छ । 

–लिप बामको धेरै प्रयोग गर्नु हुँदैन । यसले लिपस्टिकलाई तपाईँको ओठमा लामो समय टिक्न दिँदैन । बरु, ओठमा लिप बामलाई हल्कासँग लगाउने गर्नुहोस् र त्यसको दश मिनेटपछि मात्रै लिपस्टिक लगाउनुहोस्  ।

–कतिपयको ओठ पिग्मेन्टेड हुन्छ र लिपस्टिक लगाउँदा पनि ओठमा सही शेड देखिँदैन । त्यसैले ओठमा प्राइमरको प्रयोग गर्नु उचित हुन्छ । प्राइमरले लिपस्टिकलाई लामो समयसम्म टिकाउने गर्छ र साथै फैलनबाट पनि बचाउँछ ।

–हामीले लिप लाइनरको काम हो लिपस्टिकलाई ओठको भित्र बनाउने । तर, अर्को कुरापनि के छ भने लाइनर ओठमा लगाउँदा लिपस्टिक लामो समयसम्म टिक्छ ।

–हामीले लिपस्टिक लगाउँदा कतिपय अवस्थामा बग्ने गर्छ यसकारण हामीले यसलाई सही ढङ्गले सेट गर्नुपर्छ । त्यसका लागि ओठमा पारदर्शी वा लुज पाउडर लगाउनु पर्छ र त्यसपछि पुन एक पत्र लिपस्टिक लगाउनुपर्दछ ।

–स्टिकलले लिपस्टिक लगाउँदा संभवत यो ओठको किनार र क्रीजलाई कभर गर्दैन । त्यसैले लिप ब्रसको प्रयोग गर्नुपर्दछ । यसले ओठ सुन्दर देखाउँछ । ब्रसको मद्दतले किनारमा पातलो लिपस्टिक लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?