मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल एयरलाइन्सले सिमकोट-सुर्खेत परीक्षण उडान भर्ने

जोयनेपाल
104
Shares
फाइल फाेटाे

हुम्ला – नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट-सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ ।

यसअघि नेपालगञ्ज-सिमिकोट-नेपालगन्ज रुटमा उडान गर्दै आएको एयरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने गरी सिमकोटबाट परीक्षण उडान गर्ने भएको नेपाल एयरलाइन्स सिमिकोट स्टेशनका प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो । यसका लागि सबै तयारी पूरा भएको उनको भनाइ छ ।

“नेपाल एयरलाइन्सको जहाजले नेपालगन्ज-सिमकोटमा उडान गरेपछि सोही दिन सिमिकोट–सुर्खेत परीक्षण उडान हुनेछ”, उनले भने, “त्यसपछि सुर्खेत-सिमकोटका लागि यात्रुसहितको उडान भर्ने तालिकाको तयारी भइरहेको छ ।” यद्यपि अझै भाडा कति निर्धारण भने भइसकेको छैन । 

सिमिकोट–सुर्खेत हवाई उडान हुने भएपछि हुम्लावासीलाई सहज हुने भएको स्थानीय गोर्ख रोकायाले बताए। “सिमिकोट–सुर्खेत उडान सुरु भएपछि हुम्लाबाट नेपालगन्ज र नेपालगन्जबाट सुर्खेत जानुपर्ने बाध्यता हट्नेछ”, उनले भने।

सिम कोटबाट नेपालगन्ज जान जहाजमा ४५ मिनेट लाग्छ भने नेपालगञ्बाट सुर्खेत पुग्न चार घण्टा लाग्छ । अब सिधै प्रदेश राजधानी सुर्खेत पुग्न नियमित उडान भए ३५ मिनेट पुग्न सकिने रोकायाको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?