मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

उल्टो हिँड्नुका यति धेरै फाइदा

दैनिक हिँड्नाले हाम्रो स्वास्थ्यमा फाइदा पुग्ने विषय त तपाई हामीलाई थाहा भएकै कुरा हो । तर कसैले तपाईँलाई उल्टो हिँड्दा दोब्बर फाइदा हुन्छ भन्यो भने पत्याउनुहुन्छ ?

तर यो सत्य हो उल्टो हिँड्ने वा ‘रिभर्स वाकिङ’ ले हामीलाई धेरै रोगबाट बचाउँछ । विज्ञहरूका अनुसार यो साधारण हिँड्नु भन्दा बढी फाइदाजनक पनि छ ।

यदि तपाई दिनको १५ मिनेट मात्रै उल्टो हिँड्नुभयो भने पनि यसले तपाईँलाई नसोचेको लाभ पुर्‍याउँछ ।

यसले तपाईँको शारीरिक सन्तुलन मात्रै नभई मानसिक स्वास्थ्य चुस्त दुरुस्त राख्न समेत काम गर्ने चिकित्सकहरू बताउँछन् । किनकि उल्टो हिँड्न बढी ध्यान लगाउन पर्छ जसले संज्ञानात्मक शक्ति बढाउन मद्दत गर्छ ।

यसको सबैभन्दा ठूलो फाइदा त तपाईँको एकाग्रता बढ्छ । त्यस्तै यसले ‘एन्जाईटी’ र तनावलाई समेत कम गर्छ ।

शारीरिक रूपमा हेर्ने हो भने घुँडाको दुखाई कम गर्न गर्छ । यसले घुँडाको नशालाई सक्रिय बनाउनुका साथै सुन्निएको समेत कम गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?