मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी गर्ने फेसबुकका भिडियो डाउनलोड 

काठमाडौँ– फेसबुक सबैलाई मनपर्ने सामाजिक सञ्जालको एप हो । फेसबुकमा भिडियो तथा फोटोका पोस्टहरू उपलब्ध हुन्छन् । 

जुन हाम्रा लागि कतिपय अवस्थामा  उपयोगी पनि हुन्छन् । तर तपाईँलाई थाहा नहुन पनि सक्छ, फेसबुकको मातृ कम्पनी मेटाले प्रयोगकर्ताहरूलाई भिडियोहरू आफ्नो समयानुकूल हेर्नको लागि सेभ गर्नसक्ने सुविधा पनि दिएको छ । 

आज हामी तपाईँलाई फेसबुक भिडियोहरू कसरी सेभ गर्न सकिन्छ भन्ने बारेमा बताउन गइरहेका छौँ । 

– फेसबुकमा तपाईँले हेरिरहेको भिडियोमा देखिने, राइड साइटमा रहेको थ्री डट आइकनमा क्लिक गर्नुहोस् ।

– त्यसपछि तपाईँले स्क्रिनमा धेरै विकल्पहरू देख्न सक्नुहुनेछ । त्यसमा रहेको  ‘सेभ भिडियो’ अप्सनमा क्लिक गरेर तपाइलाई मन परेको भिडियो सेभ गर्न सक्नुहुनेछ ।

– तपाईँले सेभ गरेको भिडियो हेर्नको लागि भने एप खेल्ने बित्तिकै बायाँ छेउमा देखिने प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् ।

– त्यहाँ पनि धेरै विकल्पहरू देखिनेछन् जसमध्ये ‘सेभ भिडियोज’को विकल्पमा  क्लिक गरेपछि त्यहाँ तपाईँले सेभ गरिएका सबै भिडियोहरू फेला पार्नुहुनेछ ।

तर तपाईँले फेसबुकमा भिडियोहरू डाउनलोड नै गर्नुपर्‍यो भनेचाहिँ थर्ड पार्टी एप वा प्लेटफर्म प्रयोग गर्नुपर्छ । तर तपाईँले थर्ड पार्टी एप प्रयोग गर्नुअघि भने गोपनीयता र डाटालाई हानि पुर्‍याउछ की पुर्‍याउँदैन भन्ने विषयमा पनि सचेत हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?