काठमाडौँ– फेसबुक सबैलाई मनपर्ने सामाजिक सञ्जालको एप हो । फेसबुकमा भिडियो तथा फोटोका पोस्टहरू उपलब्ध हुन्छन् ।
जुन हाम्रा लागि कतिपय अवस्थामा उपयोगी पनि हुन्छन् । तर तपाईँलाई थाहा नहुन पनि सक्छ, फेसबुकको मातृ कम्पनी मेटाले प्रयोगकर्ताहरूलाई भिडियोहरू आफ्नो समयानुकूल हेर्नको लागि सेभ गर्नसक्ने सुविधा पनि दिएको छ ।
आज हामी तपाईँलाई फेसबुक भिडियोहरू कसरी सेभ गर्न सकिन्छ भन्ने बारेमा बताउन गइरहेका छौँ ।
– फेसबुकमा तपाईँले हेरिरहेको भिडियोमा देखिने, राइड साइटमा रहेको थ्री डट आइकनमा क्लिक गर्नुहोस् ।
– त्यसपछि तपाईँले स्क्रिनमा धेरै विकल्पहरू देख्न सक्नुहुनेछ । त्यसमा रहेको ‘सेभ भिडियो’ अप्सनमा क्लिक गरेर तपाइलाई मन परेको भिडियो सेभ गर्न सक्नुहुनेछ ।
– तपाईँले सेभ गरेको भिडियो हेर्नको लागि भने एप खेल्ने बित्तिकै बायाँ छेउमा देखिने प्रोफाइल आइकनमा क्लिक गर्नुहोस् ।
– त्यहाँ पनि धेरै विकल्पहरू देखिनेछन् जसमध्ये ‘सेभ भिडियोज’को विकल्पमा क्लिक गरेपछि त्यहाँ तपाईँले सेभ गरिएका सबै भिडियोहरू फेला पार्नुहुनेछ ।
तर तपाईँले फेसबुकमा भिडियोहरू डाउनलोड नै गर्नुपर्यो भनेचाहिँ थर्ड पार्टी एप वा प्लेटफर्म प्रयोग गर्नुपर्छ । तर तपाईँले थर्ड पार्टी एप प्रयोग गर्नुअघि भने गोपनीयता र डाटालाई हानि पुर्याउछ की पुर्याउँदैन भन्ने विषयमा पनि सचेत हुनुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया