मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भुलेर पनि नगर्नुहोस्, पूजा कोठामा यी काम

काठमाडौँ– घरमा मन्दिर त हामी सबैले बनाउने गर्छौँ । तर मन्दिरसँग सम्बन्धित नियमहरू हामीमध्ये कमैलाई मात्र थाहा हुन्छ । मन्दिरमा मूर्तिहरूको सङ्ख्या कति हुनुपर्छ ? मूर्तिहरू कस्ता हुनुपर्छ ?

यी कुराहरूको जानकारी हामीलाई कमै मात्रामा हुन्छ । आज हामी तपाईँलाई मन्दिरका केही नियमहरूको बारेमा जानकारी दिँदैछौ

– मन्दिरमा गणेश भगवानका तिन ओटा मूर्तिहरू बिर्सेर पनि नराख्नुहोस्

– आफूले पूजा गर्न ल्याएका भगवानका मूर्ति वा तस्वीरमा भगवान उठेको भए ध्यान दिनुहोस् । भगवान बसेका मूर्ति वा तस्वीरलाई मात्र पूजा गर्नुहोस् । भगवानका उठेका तस्वीरहरु अशुभ मानिन्छ ।

– घरको मन्दिरमा देवी लक्ष्मी वा सरस्वतीको तस्वीर राख्नु शुभ हुन्छ । तर प्रतिमाको सङ्ख्या तिन भन्दा धेरै हुनु राम्रो हुँदैन ।मन्दिरमा लक्ष्मीका मूर्ति दुई ओटा राख्नु राम्रो मानिन्छ ।

– सम्मान र सफलता पाउनको लागि पूजा कोठामा सूर्यको एक प्रतिमा राख्नु राम्रो हुन्छ । तर घरको मन्दिरमा एक भन्दा धेरै सूर्यको प्रतिमा भने बिर्सेर पनि नराख्नुहोस् ।

– हामी पूजा घरमा शङ्ख राख्ने गर्छौ । यो पनि पूजन सामाग्रीको अभिन्न अङ्ग हो । तर एक मात्र शङ्ख राख्नुहोस् । यदि तपाईँले दुई ओटा शङ्ख राख्नु भयो भने घरमा झैँ झगडा भइरहने हुन्छ ।

– घरमा राखेको मन्दिर वरिपरि वा पूजा कोठा सफा राख्नुहोस् । मन्दिर वरिपरि फोहोर भयो भने देवी देउताको बास हुँदैन भनिन्छ ।

– मन्दिर सफा गरिसके पछि मात्र पूजा गर्ने र दियो बाल्ने काम गर्नपर्छ । सफा गरिसकेपछि मन्दिरमा गङ्गा जल छर्कनु एकदमै शुभ मानिन्छ ।

– पूजा कोठामा आगो सम्बन्धी सामानहरु राख्नु हुँदैन । विशेषगरि इलेक्ट्रिक सामान मन्दिरमा राख्नु अशुभ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?