मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कसरी बजाउने ब्याकग्राउन्डमा युट्युब भिडियो ?

काठमाडौँ– पछिल्लो समय म्युजिक भिडियो हेर्न होस् या कुनै फिल्म वा अन्य कुनै जानकारीमूलक भिडियो हेर्न धेरैले युट्युब चलाउँछन् । 

युट्युब चलाउँदा ब्याकग्राउन्डमा गीत बजाएर अर्को एप चलाउन सकिन्छ भन्ने कुरो धेरैलाई थाहा नहुन सक्छ । आज हामी तपाईँलाई युट्युब भिडियोहरू कसरी ब्याकग्राउन्डमा बजाउन सकिन्छ भन्ने बारेमा केही टिप्स दिँदैछौ ।  

सबैभन्दा पहिले मोवाइलमा ‘भीएलसी मिडिया प्लेयर’ इन्स्टल गरी युट्युब खोलेर आफूले ब्याकग्राउन्डमा सुन्न चाहेको भिडियो चलाउने,

भिडियो खोलेसँगै उक्त भिडियोको तल देखिने ‘शेयर’ बटन मा क्लिक गर्ने,

त्यसपछि त्यहाँ धेरै विकल्पहरू देखिनेछन्, त्यसमध्ये ‘भिएलसी मिडिया प्लेयर’ छनौट गरेपछि तपाइले चाहेको भिडियो ‘भीएलसी मिडिया प्लेयर’ मा बज्नेछ । 

त्यसपश्चात् भीएलसी मिडिया प्लेयरको तल रहेको अप्सन बटनमा क्लिक गरेपछि देखिने ‘प्ले एस अडियो’ अप्सनमा क्लिक गर्नुहोस् ।

योसँगै अब अडियो ब्याकग्राउन्डमा बज्न थाल्नेछ । तपाईँले मोबाइलको स्क्रिन लक गरेर पनि यसबाट युट्युबमा रहेका गीत सुन्न सक्नुहुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?