मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इनकग्निटो मोडमा ब्राउजर चलाउनुहुन्छ ? थाहा पाइराख्नुहोस् यस्ता कुरा

काठमाडौँ–  हामीले प्रायजसो गुगल क्रोम चलाउँदा प्राइभेट मोड अर्थात इनकग्निटो मोडमा चलाउने गरेका हुन्छौ । यो मोडमा राखेर ब्राउजर चलाउँदा तपाइले हेरेका तथा खोलेका वेबसाइट ब्राउजिङ हिस्ट्रीमा देखाउँदैन । 

त्यसमा खोलिएको वेबसाइट तपाइले यस अघि कहिले पनि नखोले जस्तै हुन्छ । यस बाहेक युजरनेम, पासवर्ड र एड्रेस जस्ता वेबसाइटमा टाइप गरिने डेटाहरू सामान्य तवरमा जसरी इनकग्निटो मोडमा लगइन पनि हुँदैनन् । 

तर तपाइलाई थाहा छ, इनकग्निटो मोडमा पनि विभिन्न तरिकाले हामी ट्र्याक भइरहेका हुन्छौँ ।  

इनकग्निटो मोड अर्थात प्राइभेट मोड रहँदा पनि यदि तपाइले कुनै अन्य एकाउन्ट लगइन गर्नु हुन्छ भने यसले प्रदान गर्ने अधिकांश सुरक्षाले काम गर्न सक्दैन ।

यस्तै तपाइको इन्टरनेट सेवा प्रदायकले पनि तपाइले के खोजिरहनु भएको थियो भन्ने कुरा थाहा पाउन सक्छ । 

याद राख्नुहोस्, इनकग्निटो मोडमा रहँदा डाउनलोड गरेका फाइल पनि हराउँदैनन् भने ब्राउजिङका क्रममा सेभ गरिएका कुनै बुकमार्क पनि गायब हुँदैनन् । 

इनकग्निटो मोडको अर्थ अनलाइनमा तपाईँको पहिचान पूर्ण रूपमा हराउँछ भन्ने होइन । तपाइले के गरिरहनु भएको छ भन्ने कुरासँगै तपाई कुन स्थानमा हुनुहुन्छ भन्ने कुरा एप र वेबसाइटलाई थाहा हुन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?