काठमाडौँ– हामीले प्रायजसो गुगल क्रोम चलाउँदा प्राइभेट मोड अर्थात इनकग्निटो मोडमा चलाउने गरेका हुन्छौ । यो मोडमा राखेर ब्राउजर चलाउँदा तपाइले हेरेका तथा खोलेका वेबसाइट ब्राउजिङ हिस्ट्रीमा देखाउँदैन ।
त्यसमा खोलिएको वेबसाइट तपाइले यस अघि कहिले पनि नखोले जस्तै हुन्छ । यस बाहेक युजरनेम, पासवर्ड र एड्रेस जस्ता वेबसाइटमा टाइप गरिने डेटाहरू सामान्य तवरमा जसरी इनकग्निटो मोडमा लगइन पनि हुँदैनन् ।
तर तपाइलाई थाहा छ, इनकग्निटो मोडमा पनि विभिन्न तरिकाले हामी ट्र्याक भइरहेका हुन्छौँ ।
इनकग्निटो मोड अर्थात प्राइभेट मोड रहँदा पनि यदि तपाइले कुनै अन्य एकाउन्ट लगइन गर्नु हुन्छ भने यसले प्रदान गर्ने अधिकांश सुरक्षाले काम गर्न सक्दैन ।
यस्तै तपाइको इन्टरनेट सेवा प्रदायकले पनि तपाइले के खोजिरहनु भएको थियो भन्ने कुरा थाहा पाउन सक्छ ।
याद राख्नुहोस्, इनकग्निटो मोडमा रहँदा डाउनलोड गरेका फाइल पनि हराउँदैनन् भने ब्राउजिङका क्रममा सेभ गरिएका कुनै बुकमार्क पनि गायब हुँदैनन् ।
इनकग्निटो मोडको अर्थ अनलाइनमा तपाईँको पहिचान पूर्ण रूपमा हराउँछ भन्ने होइन । तपाइले के गरिरहनु भएको छ भन्ने कुरासँगै तपाई कुन स्थानमा हुनुहुन्छ भन्ने कुरा एप र वेबसाइटलाई थाहा हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया