मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भुईँमा सुत्नुका यती धेरै फाइदा

हामी आरामदायी लचकदार बिस्तरामा सुत्न रुचाउँछौ । आजभोलि त भुईँमा बिस्तरा लगाउने कोहीपनि छैनन् भन्दा फरक नपर्ला । बस्न र खाना खान पनि हामी कुर्सीकै प्रयोग गर्दछौँ । 

अहिले जमाना र समयको बदलावसँगै महँगा फर्निचरहरूको प्रयोग गर्छौ जुन मानवस्वास्थ्यका लागी हानिकारक छ । 

नरम ओछ्यानमा सुत्दा आराम त हुन्छ नै तर नरम गद्दामा सुत्दा स्वास्थ्यलाई हानि पनि पुग्छ । गद्दा सहितको खाटमा सुत्दा कम्मर र गर्दनका पीडा हुन्छ ।

तर तपाई भुईँमा सुत्न थाल्नुभयो भने यस्ता समस्याले सताउँदैन । कम्मर दुख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ । तपाईँमा पनि यो समस्या छ भने भुईँमा सुत्न थाल्नुहोस् ।

–काँध र गर्दनमा पीडा हुने समस्या आजकलका मानिसलाई खुबै हुन्छ । लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् । काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुईँमा सुत्न थाल्नुहोस् ।

–शरीरमा सही रक्तसञ्चार होस् भन्ने चाहनुहुन्छ भने  पनि भुईँमा सुत्न थाल्नुहोस् । यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ ।

–दिनभरिको थकान र तनावलाई हटाउन एक गजबको उपाय भनेको  भुईँमा सुत्नु नै हो । भुईँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ ।

–बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईँ भुईँमा सुत्न थाल्नुहोस् । यसो गर्दा तपाईँलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?