मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तपाईँको मोबाइलमा भाइरस छ ? यसरी रोक्न र पत्ता लगाउन सकिन्छ 

काठमाडौँ– पछिल्लो समय सबै मानिसले स्मार्टफोन प्रयोग गर्छन् । तर स्मार्टफोनमा भाइरस हुन्छ भनेर थोरैलाई मात्र थाहा हुन्छ । भाइरस भनेको एक प्रकारको मालवेयर पनि हुन् । 

यिनको सहयोगबाट ह्याकरहरूले तपाईँको फोनमा रहेको सम्पूर्ण डाटाहरू नै लिन सक्छन् । तपाइले यदी कुनै अनजान लिङ्कमा क्लिक गर्नुभयो वा नचाहिँदो साइटहरू हेर्नुभयो भने तपाईँको फोनमा भाइरस आउन सक्छन् । 

यस्तै फ्री वाईफाई चलाउनुभयो भने पनि फोनमा भाइरस भित्रिने सम्भावना धेरै रहन्छ । आज हामी तपाइलाई तपाइको मोबाइलमा भाइरस छन् की छैनन् भनेर पत्ता लगाउने उपायहरू बताउनेछौ ।  

– यदि तपाईँको मोबाइलमा मालवेयर छ भने गुगलले पनि तपाईँलाई सावधान गराउछ ।

– यदि तपाईँको फोन ह्याङ हुन सुरु गर्‍याे भने पनि मालवेयर आएको हुन्छ ।

– तपाईँको फोनको स्टोरेज एक्कासि फुल भयो भनेपनि भाइरस भरिएको हुनसक्छ ।

– तपाईँको फोन ब्राउजरमा नचाहिने वा अश्लील साइटहरूको विज्ञापन आइरहेको छ भने पनि तपाईँको फोनमा भाइरसले आक्रमण गरेको हुनसक्छ ।

तपाईँको मोबाइलमा भाइरस आउन नदिन कुनै नचाहिने साइटहरू खोल्ने तथा नचाहिँदा र क्रयाक एपहरू डाउनलोड गर्ने गर्नुहुदैन् ।

आफ्नो फोन र एपहरूमा बलियो पासवर्ड राख्ने गर्नुपर्छ । यस्तै समय समयमा आफ्नो मोबाइलको मेमोरीलाई पनि डिलिट गर्नुपर्छ । फोनमा आउने भाइरसलाई कन्ट्रोल गर्नका लागि फोनलाई बेलाबेलामा अपडेट पनि गर्ने गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?