काठमाडौँ– ९० को दशकमा निर्माण भएको फिल्म ‘महाभारत’ मा अभिनेता नितिश भारद्वाजले भगवान कृष्णको भूमिका निर्वाह गरेर निकै चर्चा कमाए ।
तर उनी अहिले आफ्नो व्यक्तिगत जीवनको कारण पनि फेरी चर्चामा आएका छन् । भारतीय मिडियाहरूका अनुसार नितिश भारद्वाजले आफ्नी पुर्वपत्नी विरुद्ध उजुरी दिएका छन् ।
भारतीय मिडियाहरूले जनाएअनुसार अभिनेता भारद्वाजले आफ्नी पूर्व पत्नीले मानसिक यातना दिएको उल्लेख गरेका छन् । अभिनेता भारद्वाजको आईएसएस अफिसर स्मिता गेटसँग विवाह गरेका थिए ।
सन् २०१९ मै उनीहरूको सम्बन्ध विच्छेद भयो भने यसको धेरै समयपछि उनले आफ्नी श्रीमती विरुद्ध प्रहरी चौकीमा उजुरी दिएका हुन् ।
नितिशको गुनासोपछि प्रहरीले यस विषयमा छानबिन गरिरहेको पनि निर्देशन दिएको भारतीय मिडियाहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया