मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अक्षयकुमार माथि एघार सय करोड लगानी, यसवर्ष रिलिज हुदैछन् यी ९ फिल्म

काठमाडौँ– अक्षय कुमार यो वर्ष बक्स अफिसमा राज गर्ने तयारीमा छन् । उनका यसअघिका धेरै फिल्म हिट भएका छन् ।

भारतीय मिडियाहरूका अनुसार यस वर्ष अक्षय कुमारका ९ फिल्म रिलिज हुँदैछन । रिपाेर्टका अनुसार यी ९ फिल्महरूको निर्माण खर्च करिब एघार सय करोड भारतीय रुपैयाँ रहेको छ । 

भारतीय मिडियाहरूका अनुसार आउँदो अप्रिल १० मा ‘बडे मियाँ छोटे मियाँ’ रिलिज हुनेछ । यो २०२४ मा रिलिज हुने अक्षय कुमारको पहिलो फिल्म हो । यस फिल्मको कुल लागत दुई सय पचास करोड रहेको छ । 

यस्तै जुलाई १२ मा अक्षय कुमारको अर्को फिल्म ‘सरफिरा’ रिलिज गर्ने तयारी निर्माण समूहले गरेको छ । यो साउथ फिल्म ‘सोरारई पोटरु’ को रीमेक भएको पनि बताइएको छ । यस फिल्मको बजेट असी करोड रहेको छ ।

अक्षय कुमार र अजय देवगन अभिनित फिल्म ‘सिंघम अगेन’ आगामी अगष्ट १५ मा रिलिज गर्ने तयारी छ । यो फिल्म करिब दुई सय करोडको बजेटमा निर्माण भएको हो । 

करिब एक सय करोडको बजेटमा निर्माण गरिएको अक्षय कुमारको अर्को फिल्म ‘स्काई फोर्स पनि यसै वर्ष रिलिज हुनेछ । यसै वर्षको २ अक्टोबरमा फिल्महलमा प्रदर्शन गर्ने तयारी निर्माण समूहले गरेको छ ।

अक्षय कुमारको ‘वेलकम टु द जङ्गल’ पनि यसै वर्ष रिलिज हुनेछ । २० डिसेम्बरमा रिलिज गर्ने तयारी गरिएको यो फिल्म एक सय करोडको लागतमा बनेको हो । 

यस्तै मिडिया रिपाेर्टका  अनुसार अक्षय कुमार अहिले सी शंकरन नायरको जीवनीमा आधारित फिल्ममा काम गरिरहेका छन् । करिब एक सय करोडकै बजेटमा निर्माण हुने यस फिल्मको नाम ‘द अनटोल्ड स्टोरी अफ सी शंकरन नायर’ हो । यो फिल्म पनि यसै वर्ष रिलिज हुने बताइएको छ । 

यस्तै ‘हेराफेरी २’ को सिक्वेल ‘हेरा फिरी ३’ यसै वर्ष रिलिज हुने जनाइएको छ । करिब एक सय करोडको बजेटमा बनिरहेको यो फिल्मसँगै साठी करोड बजेटमा बनिरहेको फिल्म ‘खेलखेल मे’ पनि यसै वर्ष रिलिज हुने भारतीय मिडियाहरूले जनाएका छन् ।

मिडिया रिपाेर्टका  अनुसार पचास करोड बजेटको फिल्म ‘वेदात मराठे वीर दौडले सात’ पनि यसै वर्ष रिलिज हुनेछ । अक्षय कुमार को यो फिल्म भने मराठी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?