मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कामनाका संस्थापक श्रेष्ठको सम्झनामा रक्तदान

काठमाडौं – कामना न्यूज पव्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष तथा लायन्स क्लव नेपालका संस्थापक समााजसेवी भारतलाल श्रेष्ठको संझनामा बिहीबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

‘रक्तदान जीवनदान’ को मूल नारासहित भीमसेनस्थानस्थित कामना न्यूज पव्लिकेसन्स तथा द रोलिङ स्टोन स्कुलको प्राङ्गणमा रक्तदान गरेका थिए । स्वर्गीय श्रेष्ठको स्मृतिमा हरेक वर्ष फागुन ३ गते रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ ।

रक्तदानमा सहभागी भएका रक्तदाताहरुलाई कामना न्यूज पव्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध सम्पादक दिरेकलाल श्रेष्ठ र केन्द्रिय रक्त संचार सेवाका निर्देशक पवनकुमार गुप्ताले प्रमाणपत्र वितरण गरेका थिए ।

त्यस्तै श्रेष्ठको संझनामा आयन्स क्वल अफ विशाल बजार र विशाल बजार व्यापार संघले पनि बिहीबार नै बिशाल बजारमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?