मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डिजेल, पेट्रोलको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।

पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपैयाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९।५०, १७१ र १७२ तथा डिजेल÷मटिटेल क्रमशः १५७।५०, १५९ र १६० तोकेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १।८३ र डिजेलमा रु १।५६ बढेर आएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?