मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कालिम्पोङमा फिल्म ‘दान्भी’ को छायांकन धमाधम

काठमाडौं – भारतको कालिम्पोङमा एक्सन फिल्म ‘दान्भी’ को छायांकन धमाधम भइरहेको छ। रूपेश तामाङको निर्देशनमा तयार भइरहेको फिल्म अभिनेत्री पूजा शर्मा र कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन्।

निर्माण टिमले एक्सनले भरिपूर्ण फिल्म टिजर सार्वजनिक गरिसकेको छ। एक सातादेखि फिल्ममो मुख्य अंशको छायांकन कालिम्पोङ भइरहेको छ । निमार्ण पक्षका अनुसार फिल्मको अझै एक साता छायांकन सेड्यूल छ।

फिल्मको टिजर सार्वजनिक भएपनि यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन। फिल्ममा पूजा र कुन्साङसँगै किरण श्रेष्ठको अभिनय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?