मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सौगात मल्ल स्टारर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक

काठमाडौं । सौरभ चौधरी निर्देशित एक्सन-थ्रीलर फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक भएको छ । फिल्म निमार्ण पक्षले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरेको हो ।

सौगात र मलिकाको प्रेम सम्बन्ध चित्रणसँगै ट्रेलर सुरु हुन्छ । मलिकालाई ट्रेलरमा छोटो तर अर्थपूर्ण रुपमा प्रस्तुत गरिएको छ । प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलले निर्माण गरेको फिल्मको लेखन पनि सौरभकै छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् ।

ट्रेलरमा फिल्मका शीर्ष कलाकारहरु सौगात मल्ल, नाजिर हुुसेन, मलिका महत, निश्चल बस्नेत, प्रमोद अग्रहरि, रविन्द्र झा, शिशिर बाङ्देल, सिम्रन खड्का लगायत फिचर्ड छन् । फिल्म फागुन १८ गते प्रदर्शन तयारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?