मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आजदेखि कमेडी च्याम्पियनको तेस्रो सिजन सुरु हुँदै

काठमाडौं – बिहीबार आजबाट हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजन सुरु हुँदैछ । यो शो कान्तिपुर टेलिभिजनमा हरेक साता बिहीबार र शुक्रबार राति प्रसारण हुने छ ।

प्रसारणको सुरुका तीन एपिसोडमा फिजिकल अडिसन, त्यसपछि सुपर्ब ३०, त्यसपछि २४ राउण्ड हुँदै अन्तिम १५ को प्रतिस्पर्धा हुने जनाइएको छ । छनोट १० जनाले फिनालेका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो तेस्रो सिजनमा सुपर्ब ३० नामक राउण्ड थप गरिएको छ । निर्णायकअघि प्रस्तुति दिंदा कमजोर देखिएका र तर राम्रो सम्भावना भएका प्रतिस्पर्धीका लागि यो राउण्ड थप गरिएको बताइएको छ।

शोमा प्रदीप भट्टराईसहित सन्तोष पन्त, मनोज गजुरेल र ऋचा शर्मा जजको रुपमा हुनेछन् । शोको होस्टमा रीमा विश्वकर्मा र मेक्सम गौडेल हुनेछन् । कमेडी च्याम्पियन सिजन-१ का विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?