मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आज सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ बढ्यो

काठमाडौं – नेपाली बजारमा बिहिबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ भने बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको १ लाख १६ हजार ५०० रुपैयाँ कायम छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ९५० रुपैयाँ रहेको छ । यसअघि बुधबार पनि सुन सोही मूल्मा किनबेच भएको थियो । बुधबार सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको थियो । यता, बिहिबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको भाउ प्रतितोला १३ सय ६५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९१।५६ डलरमा र चाँदी प्रतिऔंस २२।३९ डलरमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?