मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘उड्ने ट्याक्सी’ सेवा सुरु गर्ने दुबई सरकारको योजना

काठमाडौँ– दुबईमा सन् २०२६ सम्ममा व्यावसायिक, शहरव्यापी इलेक्ट्रिक एयर ट्याक्सी अर्थात उड्ने ट्याक्सीहरू ल्याउने योजना बनाएको छ । 

यसका लागि दुबईको सरकारले जोबी एभिएसन र स्काइपोर्ट इन्फ्रास्ट्रक्चरसँग सम्झौता गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

बढ्दो ट्राफिक जामलाई कम गर्न हवाई ट्याक्सीको यात्रा सहज र लागत प्रभावी हुने बताइएको छ ।

स्काईपोट्र्सले विस्तृत अध्ययन पूरा भएको र विकासको पहिलो चरणको लागि आर्किटेक्चर डिजाइन सुरु भएको बताएको छ ।

मिडिया रिपाेर्टकाअनुसार यो ट्याक्सी सेवा सन् २०२६ को शुरुवातबाट सञ्चालन सुरु गर्ने सहमति भए पनि जोबी एभिएसनले २०२५ को सुरुवातमा सञ्चालन गरिसक्ने बताएको छ ।

जोबी एभिएसन एस ४ साइलेन्ट, ब्याट्री सञ्चालित विमान हो । यो ट्याक्सी एक जना पाइलट सहित चार यात्रुहरु लिएर उड्न सक्छ । 

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार पहिलो चरणमा, दुबई अन्तर्राष्ट्रिय विमानस्थल, पाम जुमेराह, डाउनटाउन दुबई र दुबई मारिना सहित चार भर्टिपोर्टबाट सञ्चालन हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?