मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

एनिमेटेड फिल्म ‘सलिना’ चैत १६ गतेदेखि प्रदर्शन हुने

काठमाडौं- नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलिना’ को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । सरस्वती पूजाको अवसर पारेर फिल्मको प्रदर्शन मिति चैत १६ गते तोकिएको हो ।

श्री ब्यांकटेश इन्टरटेनमेन्ट प्रालीको तर्फबाट मनोज राठी र उज्वल पौडेलले फिल्मको वितरण गर्ने जनाइएको छ ।

यो सम्पूर्ण रुपमा नेपाली प्राविधिक र नेपाली भाषामा निर्माण गरिएको नेपालकै पहिलो एनिमेटेड फिचर चलचित्र हो । यसमा पाश्र्व आवाज बाहेक अन्य कुनै भौतिक पात्रको प्रयोग भएको छैन ।

तेजसराज जोशीले निर्देशन गरेको फिल्ममा ग्राफिक कलाकार सगिन महर्जन, अविनाश सिंह थारू र शिरभा मानन्धर छन् ।

चलचित्रमा कलाकारहरूमा बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइंकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युविन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारलगायतले आवाज दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?