मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘ऊनको स्वीटर’को टाइटल गीतको पूरा अंश सार्वजनिक

काठमाडौँ– फिल्म ‘ऊनको स्वीटर’को टाइटलको गीतको पूरा अंश सार्वजनिक गरिएको छ ।

गायक सुजन चापागाईंको स्वर र संगीत रहेको गीतको पूर्ण अंश फागुन २ गते आर्टमान्डुले सार्वजनिक गरेको हो ।
६ महिनाअघि फिल्मको घोषणा गर्दा टाइटल गीतको सानो अंश मात्र सार्वजनिक गरिएको थियो । जसलाई धेरैले रुचाएका थिए ।

मोसन ग्राफिक्स मार्फत प्रस्तुत गरिएको गीतको भिडियोमा फिल्मका मुख्य पात्रहरु अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव चित्रण गरिएको छ ।

‘ऊनको स्वीटर’ निर्देशक नवीन चौहानको पहिलो फिचर फिल्म हो । यसमा उनलकै लेखन रहेको छ । केही दिनअघि फिल्मको पहिलो पोस्टर निर्माण टिमले सार्वजनिक गरेको थियो ।

फिल्ममा विपिन र मिरुना सँगै माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, रुपेश लामा, प्रकाश बस्नेत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

फिल्मको गीतमा हर्क साउद र झुमा लिम्बुको शब्द रचना रहनेछ । अनिल सुब्बा र सुरज तमूले कास्टिङ निर्देशन गर्ने फिल्मलाई सिनेमाटोग्राफर चिन्तनराज भण्डारीले गर्नेछन् ।

कृष्ण भण्डारीले सम्पादन गर्ने फिल्म वैशाखबाट फ्लोरमा जानेछ। फिल्मलाई पाँचथरमा खिचिनेछ। आर्टमान्डूका अनुसार फिल्म यो वर्षको शरद ऋतुमा प्रदर्शन गर्ने लक्ष्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?