मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाली फिल्म

दीपकराज गिरीको बाटोमा ‘सक्किगो नि’ टिम

काठमाडौँ– टेलिभिजनको लोकप्रियता बढिरहेका बेला नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिफिल्म ‘तीतो सत्य’ को अहिले पनि चर्चा हुन्छ । त्यस्तै लामो समय प्रसारण भएको अर्को हास्य सिरियल हो, मेरी बास्सै ।

‘तीतो सत्य’ बाट दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा (गैँडा) लगायत कैयन् कलाकार स्थापित भए । यो टिम अहिले फिल्म निर्माणमा सक्रिय छ ।

त्यस्तै अर्को हास्य श्रृङ्खला ‘जिरे खुर्सानी’ पनि नेपालको लोकप्रिय श्रृङ्खला हो । यो श्रृङ्खलाबाट लोकप्रिय भएका कलाकारहरु अहिले सिरियलमा भन्दा बढी फिल्ममा नै सक्रिय छन् । यो सिरियलबाट जितु नेपाल, शिवहरि पौडेल लगायतका कलाकार लोकप्रिय भए ।

त्यस्तै ‘मेरी बास्सै’ बाट चर्चामा आएका कलाकार सीताराम कट्टेल, कुञ्जना घिमिरेले पनि फिल्म क्षेत्रमा लगानी गरे । यी दुई सामाजिक कार्यमा पनि सक्रिय रहे ।

पछिल्लो समयको लोकप्रिय हास्य टेलिश्रृङ्खला ‘सक्किगो नि’ टिम पनि अहिले फिल्म निर्माणमा जुटेको छ । सरस्वती पूजाको अवसर पारेर यो टिमले फिल्म ‘लाज शरणम्’ निर्माणको घोषणा गरेको छ ।

फिल्मका बारेमा धेरै नखुलाइए पनि कुमार कट्टेल र अर्जुन घिमिरेले निर्देशन गर्ने बताइएको छ । फिल्ममा ‘सक्किगो नि’ टिमकै अधिकांश कलाकारको अभिनय रहने छ ।

सानो पर्दामा रुचाइएका यी कलाकारलाई ठूलो पर्दाका दर्शकले कत्तिको रुचाउँछन्, त्यो भने फिल्म रिलिजपछि थाहा हुने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?