मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘रिल’बाट ‘रियल’ जोडी बनेका यी बलिउड ‘स्टार’

काठमाडौँ – अधिकांश फिल्महरूको कथावस्तु प्रेम रहने यर्थाथताबाट बलिउड पनि अछुतो छैन । जहाँ कलाकारबीचको प्रेम केमेस्ट्री त चर्चाको विषय नै हुन्छ ।

यही सन्दर्भमा पर्दामा प्रेमी प्रेमिकाको रूपमा देखिने कलाकारको जोडी दर्शकलाई रियल समेत लाग्छ । बलिउडमा पनि थुप्रै रियल प्रेमकथा छ, जो फिल्मको पर्दामा सुरु भएर वास्तविक जीवनसम्म पुगेको छ । तीमध्ये ५ जोडीको चर्चा यहाँ गरिएको छ । 

रणवीर सिंह र दीपिका पादुकोण

अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको प्रेम फिल्मको पर्दाबाट सुरु भएको थियो । रिलमा प्रेम गर्दा रियलमै प्रेममा परेका यी जोडीले विवाह समेत गरिसकेका छन् । केही फिल्ममा रिल जोडी बनेपछि दुवैले रियल जोडी बन्ने निर्णय लिएका थिए । विवाहपछि पनि उनीहरू पर्दामा सँगै देखिँदै आएका छन् ।

अजय देवगन र काजोल

अभिनेता अजय देवगन र अभिनेत्री काजोलको प्रेम पनि फिल्म सेटमै टुसाएको थियो । यी दुईको प्रेम लामो समय टिक्दैन भनेर धेरैले भन्थे । करिब तर ४ वर्षको प्रेमलाई अजय र काजोलले सन् १९९९ मा विवाहमा परिणत गरे । यी दुवैको वैवाहिक जीवन अहिलेसम्म राम्रो चलिरहेको छ । विवाहपछि पनि दुवै पर्दामा प्रेम जोडीको रूपमा समेत देखिँदै आएका छन् । 

अभिषेक र ऐश्वर्या 

अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या रायको सम्बन्ध पनि फिल्म सेटबाटै अगाडि बढेको थियो । अभिनयमा सिलसिलामा बसेको प्रेम उनीहरुले विवाहमा परिणत गरे । दुवैको प्रेमको निशानी एक छोरी छन् । २००७ मा विवाह गरेका यो जोडीको पछिल्लो समय डिभोर्सको हल्ला समेत धेरै मिडियामा छाउने गरेको छ ।

अक्षयकुमार र ट्विङ्कल 

अभिनेता अक्षयकुमार र अभिनेत्री ट्विङ्कल खन्नाले सन् २००१ मा विवाह गरेका थिए । यी दुईको प्रेम फिल्म अभिनयको सिलसिलामा बसेको थियो । विवाहपछि ट्वीङ्कल अभिनय बाहिर छिन्, भने अक्षय अहिले पनि फिल्म अभिनयमा छन् ।

रणवीर र आलिया 

अभिनेता रणवीर कपुर र आलिया भट्टको अहिले एक छोरी छिन् । उनीहरुले केही समयको प्रेम विवाहमा परिणत गरेका थिए । यी दुवैको प्रेम फिल्म ‘ब्रह्मास्त्र’बाट सुरु भएको थियो । सोनम कपुरको विवाहको रिसेप्सनमा उनीहरुले पहिलोपटक प्रेम सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?