मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बलिउड

सर्वाधिक लोकप्रिय बलिउड अभिनेता अमिताभ बच्चनका रोचक किस्सा, यो हो वास्तविक नाम

काठमाडौं– अमिताभ बच्चनलाई ‘स्टार अफ द मिलेनियम’का रुपमा चिनिन्छ । बलिउडका महानायक अमिताभको विश्वव्यापी रुपमा ठूलो फ्यान छ । उनी भर्सटायल अभिनय, शक्तिशाली प्रस्तुति र उज्यालो व्यक्तित्वका कारण प्रख्यात छन् । आज हामीले अमिताभका १० रोचक तथ्य प्रस्तुत गर्दैछौँ ।

वास्तविक नाम इन्कलाब

अमिताभ अक्टोबर ११, १९४२ मा अलाहवाद (हालको प्रयागराज)मा हिन्दी कवि हरिवंश राय बच्चन र सामाजिक अभियन्ता तेजी बच्चनको सन्तानका रुपमा जन्मिए । बाबुआमाले अमिताभको नाम ‘इन्कलाब’ राखिदिए ।

जसको हिन्दी अर्थ हुन्छ, ‘क्रान्ति’ ।

यो नाम हिन्दी नारा ‘इन्कलाब जिन्दावाद’ बाट प्रभावित थियो । भारतीय स्वतन्त्रताका लागि भएको आन्दोलनमा ‘इन्कलाब जिन्दाबाद’को नारा सर्वाधिक लोकप्रिय थियो । तर समयसँगै उनले नाम परिवर्तन गरेर कवि सुमित्रानन्दन पन्तको सल्लाहमा अमिताभ राखियो । जसको अर्थ ‘असीमित वैभव भएको’ हुन्छ ।

अल इण्डिया रेडियोबाट अस्वीकृत

फिल्ममा सफल अभिनेता हुनुअघि अमिताभ अल इण्डिया रेडियोमा रेडियो प्रस्तोताका रुपमा आफ्नो करियर बनाउन चाहन्थे । तर उनी ‘गहिरो आवाज’का कारण अस्वीकृत भए । तर कालान्तरमा उनको त्यो स्वर फिल्म, वृत्तचित्र र व्यावसायिक कामका लागि लाभदायक बन्यो ।

उनले सञ्चालन गर्ने टेलिभिजन शो ‘कौन बनेगा करोडपति’ सर्वाधिक लोकप्रिय छ ।

भाडा दलाल अमिताभ

दिल्ली विश्वविद्यालयबाट ग्राजुएसन सकेपछि अमिताभ कलकत्ता गए । जहाँ उनले बर्ड र कोका नामक ढुवानी फार्मका लागि भाडा दलालका रुपमा काम गरे । उनले यहाँबाट आफ्नो पहिलो पारिश्रमिक स्वरुप ५ सय रुपैंयाँ पाए । उनले थिएटरमा रुचि राखे र पछि थिएटर समूहमा भर्ना भए । त्यसपछि उनी अभिनय करियर बनाउनका लागि मुम्बई पुगे ।

जन्जीर अघि १२ फ्लप

अमिताभले सन् १९६९ मा फिल्म ‘सात हिन्दुस्तानी’ मार्फत अभिनय यात्रा शुरु गरे । यो फिल्मबाट उनले ‘न्यू कमर’ विधामा ‘नेशनल फिल्म अवार्ड’ जिते । शुरुवाती वर्षमा उनले धेरै अस्वीकृत र असफलता भोगे । सन् १९७३ मा रिलिज फिल्म ‘जन्जीर’ अघि मात्र उनका १२ फिल्म फ्लप भएका थिए ।

यो फिल्मले उनलाई ‘एङ्ग्री योङमेन’का रुपमा बलिउडमा स्थापित गरायो । उनलाई बलिउडको सुपरस्टार बनाउने प्रमुख श्रेय ‘जन्जीर’लाई नै जान्छ ।

सर्वाधिक दोहोरो भूमिका

अमिताभले आफ्नो करियरमा विभिन्न भूमिकामा अभिनय गरे । उनले बलिउडमा अन्य कलाकारले भन्दा बढी दोहोरो भूमिका निभाए । उनले ‘डन’, ‘द ग्रेट ग्याम्बलर’, ‘सत्ते पे सत्ता’, ‘आखिरी रास्ता’, ‘सूर्यवंशम्’लगायतका फिल्ममा आफूलाई दोहोरो पात्रका रुपमा स्थापित गराए । उनले फिल्म ‘महान्’मा तेहोरो भूमिकासमेत निभाए ।

धेरै फिल्ममा विजय चरित्र

अमिताभले धेरै फिल्ममा ‘विजय’ नामक चरित्रमा अभिनय गरे । तथ्यांकलाई हेर्ने हो भने झण्डै २० बढी फिल्ममा उनको नाम ‘विजय’ छ । जसमा ‘जन्जीर’, ‘दिवार’, ‘त्रिशुल’, ‘शक्ति, ‘अग्नीपथ’, ‘खुदा गवाह’लगायत पर्छन् ।
दुवै हातले लेख्छन् ।

अभिनयका अलावा अमिताभमा अर्को प्रतिभा छ । उनी दुवै हातले बराबरी लेख्छन् । उनले यो कला धेरै ठाउँमा देखाइसकेका छन् । खास गरी फ्यानले अटोग्राफ माग्दा उनी यो कला देखाउँछन् ।

निर्माताबाट घर उपहार

अमिताभ मुम्बईको जुहुमा रहेको जल्सा नामक घरमा बस्छन् । यो घर ठूलो कम्पाउण्डभित्र छ । जहाँ बगैँचा, जिम र धेरै कोठा छन् ।

यहाँ उनी प्रत्येक आइतबार आफ्ना फ्यानलाई भेट्छन् । यो घर उनले सन् १९८२ मा फिल्म निर्माता एनसी सिप्पीबाट उपहार स्वरुप पाएका हुन् ।

अमिताभको अभिनय र एनसीको निर्माण रहेको फिल्म ‘सत्ते पे सत्ता’को सफलतापछि एनसीले उनलाई घर उपहार दिएका हुन् ।

चार नेसनल फिल्म अवार्ड र १५ फिल्मफेयर अवार्ड

अमिताभ बलिउडका सबैभन्दा सजिएका अभिनेता मध्येमा पर्छन् । उनले ‘बेस्ट एक्टर’ विधामा चार नेसनल फिल्म अवार्ड जितेका छन् । यो अवार्ड उनले ‘अग्नीपथ’, ‘ब्ल्याक’, ‘पा’ र ‘पिकु’का लागि पाएका हुन् । उनले १५ फिल्म फेयर अवार्ड जितेका छन् । जसमा पाँच ‘बेस्ट एक्टर’, तीन ‘बेस्ट सपोर्टिङ एक्टर’, एक ‘लाइफटाइम अचिभमेन्ट’ र एक ‘सुपरस्टार अफ द मिलेनियम’ छन् ।

मेडम टुसाडमा मूर्ति

अमिताभ भारतमा मात्र होइन, विश्वव्यापी रुपमा परिचित छन् । उनी एसियाको पहिलो त्यस्ता अभिनेता हुन्, जसको सन् २००० मा मैन मूर्ति लण्डनस्थित मेडम टुसाड संग्राहलयमा राखिएको छ ।

यसबाहेक यो संग्राहलयको न्यूयोर्क, हङकङ, बैंकक, सिंगापुर र नयाँदिल्ली शाखामा पनि मूर्ति राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?