मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिनेत्री जयालाई पक्राउ गर्न आदेश

काठमाडौँ – पूर्व बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदालाई एमपी–एमएलए अदालतले पक्राउ गर्न आदेश दिएको छ ।

सातौँ पटकसम्म पनि अदालतमा उपस्थित नभएपछि प्रहरीलाई छुट्टै टोली बनाएर  जयालाई पक्राउ गर्न आदेश दिएको हो । अभिनयबाट राजनीतिमा आएकी जयाविरुद्ध आचारसंहिता उल्लङ्घनको मुद्दामा रामपुरमा रहेको एमपी– एमएलए अदालतले ६ वटा गैर जमानती वारेन्ट जारी गरेको छ । 

सन् २०१९ मा जया प्रदा भारतीय जनता पार्टी (भाजपा) को प्रतिनिधित्व गर्दै रामपुरबाट लोकसभाको उम्मेदवार थिइन् । त्यसताका जयाले र्‍यालीका क्रममा केही आचारसंहिता उल्लङ्घन गरेको आरोप छ ।

उनी विरुद्ध दुई कानुनी मुद्दा दर्ता भएका छन् । अदालतले जयालाई पटक–पटक अदालतमा उपस्थित हुन भनिरहेको छ । 

यद्यपि, उनले अदालतको आदेशलाई गम्भीर रूपमा लिइनन् । जस कारण अदालतले कुनै विकल्प विना नै जयामाथि पक्राउ वारेन्ट जारी गर्नुपर्‍यो । हालसम्म जया वा उनको टिमले कानुनी अपडेटका बारेमा कुनै पनि आधिकारिक विज्ञप्ति जारी गरेका छैनन् ।

जया सन् ७० देखि ८० को दशककी लोकप्रिय अभिनेत्री हुन् । १३ वर्षको उमेरमा तेलुगू फिल्मबाट अभिनयमा डेब्यू गरेकी उनको वास्तविक नाम ललिता रानी राव हो । उनले सन् १९९४ मा अभिनय छोड्दै राजनीतिमा जोडिने निर्णय लिएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?