मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पासवर्ड बनाउँदा ध्यान दिनुहोस् यी ८ कुरा,तपाईँको अकाउन्ट ह्याक हुनेछैन 

काठमाडौँ– अहिले सामाजिक सञ्जाल एपलगायत विभिन्न सरकारी तथा गैरसरकारी एपहरूमा नै साइबर आक्रमण भइरहेको छ । 

हामीले कतिपय पासवर्डहरू अद्यावधिक नगर्ने, प्रत्येक खाताको छुट्टा छुटै पासवर्डहरू प्रयोग गर्ने का साथै सम्भव भएसम्म ‘टू फ्याक्टर अथेन्टिकेसन’ सुरु गर्‍याे भने व्यक्तिगत एकाउन्टहरू ह्याक हुने सम्भावना कम हुन्छ । 

हामीले कतिपय अवस्थामा सजिलो पासवर्डहरू प्रयोग गर्ने गरेका हुन्छौँ । जसले गर्दा एकाउन्टहरू ह्याक हुने र डाटा चोरिने सम्भावना अत्यधिक रहन्छ ।

तपाईँले आफ्नो अकाउन्टमा बलियो पासवर्ड बनाउन र ह्याक हुनबाट बचाउन यस्ता उपायहरू अपनाउन सक्नुहुन्छ :

१. धेरै प्लेटफर्महरूको लागि एउटै पासवर्ड प्रयोग नगर्ने । 

२. पासवर्डको रूपमा आफू र आफ्नो आफन्तहरूको नाम, जन्मदिन वा वार्षिकोत्सव मितिहरू प्रयोग सकेसम्म नगर्ने ।

३. पासवर्ड कम्तीमा ८ क्यारेक्टर वा अङ्कसहितको लामो बनाउने ।

४. पुराना पासवर्डहरू पुनः प्रयोग नगर्ने । 

५. आफ्नो पासवर्ड अनलाइनमा सेभ सकेसम्म नगर्ने ।

७. उपलब्ध भएसम्म डिभाइसहरुमा ‘टू फ्याक्टर अथेन्टिकेसन’ प्रयोग गर्ने ।

८. यदि कुनै पनि लगइन वा एकाउन्टमा गलत भइरहेको वा ह्याक भएको अनुमान छ भने त्यस्तो बेलामा तत्काल पासवर्ड परिवर्तन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?