मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्ता हुन्छन् बालबालिकामा हुने जन्मजात मुटुरोगका लक्षणहरु ?

जन्मजात मुटु रोग भएका बच्चाहरू मध्ये २ देखि ३ प्रतिशतमा यसको लक्षणहरू एकै छिन, केही दिन वा एक महिनाभित्र देखा पर्छ । यसमध्ये उपचार सममै नहुँदा केही शिशुहरूको केही दिन भित्रमै मृत्यु पनि हुनसक्छ ।

–जन्मजात मुटु रोग भएका बच्चाहरूमा जन्मिएपछि बल प्रयोग गर्दा झन् निलो हुने, श्वास फेर्न गाह्रो हुने, छिटो–छिटो श्वास फेर्ने, धेरै छटपटाउने, बेहोस हुने समस्या देखिन्छ । 

–यस रोगको मुख्य लक्षण भनेको निलोपन हो । यस्ता बच्चाहरूमा जन्मँदै अथवा जन्मिएको केही समयपछि निलो हुनसक्छ । निलोपन बाहिरी छालामा, हातखुट्टामा पनि देखिन सक्छ । 

–जटिल निलो मुटु रोग हुने बच्चाहरूमा सेन्ट्रल साइनोसिसको समस्या हुन्छ । यसमा हातखुट्टाको नङको मुनि निलो हुने, मुख वरिपरि, ओठमा, जिब्रोमा, जिब्रो तल निलो देखिन्छ । 

–यस्तो जटिल मुटुरोग भएको बच्चाहरूमा हातखुट्टा निलो देखिनुका साथै हुनुपर्ने भन्दा बढी मोटो पनि देखिन्छ । सानो–सानो बच्चाहरूमा रुँदा–रुँदै बेहोस हुने समस्या पनि देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?