मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

 कृषाको ‘पिताम्बर’ मा सुपुष्पा भट्टको इन्ट्री

काठमाडौँ – कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म  ‘पिताम्बर’ मा सुपुष्पा भट्ट अनुबन्ध भएकी छिन् ।

फिल्ममा यसअघि नै नायिकाद्धय सुरक्षा पन्त र आँचल शर्मा फाइनल भइसकेका थिए । यससँगै फिल्म ‘पिताम्बर’मा ३ जना नायिका फाइनल भएका छन् । 

यो फिल्मको १५ दिनको सेड्यूलको छायांकन केही दिनमा नै सुरु हुँदैछ । फिल्मको सरस्वती पूजाको दिनमा पूजा गर्दै  शुभसाइत गरिएको हो । 

यो फिल्मको केन्द्रीय भूमिकामा नायक प्रदीप खड्काले काम गर्दैछन् । उनको साथमा फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्ट, प्रमोद अग्रहरी, दिव्य देव, कामेश्वर चौरासियाँले काम गर्ने पक्का भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?