काठमाडौँ– बलिउड अभिनेता सलमान खान अझसम्म पनि अविवाहित छन् । अभिनेता खान अहिलेसम्म अविवाहित नै रहे पनि उनको जीवनमा केटी नै नआएका भने होइन ।
भारतीय मिडियाहरूका अनुसार खानको धेरै केटीहरूसँग प्रेम सम्बन्ध जोडियो । तर सफल भने हुन सकेन । मिडिया रिपोर्टका अनुसार खानको पहिलो प्रेम कियारा आड्वानीकी काकी शाहीन जाफरीसंग थियो ।
त्यसपछि उनलाई सोमी अलिसंग पनि प्रेम भएको थियो । तर यो सम्बन्ध पनि धेरै टिक्न नै सकेन । सोमीसंगको प्रेम पनि सफल नभएपछि खान संगीता बिजलानीसंग पनि डेटिङ गएको बताइएको छ ।
रिपोर्टका अनुसार सलमान खानको ऐश्वर्या रायसंग पनि प्रेम सम्बन्ध रहेको थियो । यो प्रेम खानको जिन्दगीको सबैभन्दा नराम्रो प्रेमसम्वन्ध साबित भयो ।
यसपछि सलमानको जिन्दगीमा कटरिना कैफ आएपनि यो प्रेम पनि अधुरै रह्यो । कटरिना कैफ पछि सलमानको नाम युलिया वंतुरसंग जोडियो । युलिया सलमानको नजिक भएपनि यो सम्बन्धले पनि पूर्णता नपाएको रिपोर्टका उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया