मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नितिश तिवारीको ‘रामायण’मा फेरिए दशरथ, अब अरुण गोविलको चर्चा

काठमाडौँ– नितिश तिवारीको निर्देशनमा महाकाब्य रामायणमा आधारित फिल्म ‘रामायण’ सबैभन्दा चर्चित प्रोजेक्टका रुपमा रहेको छ ।

यस फिल्ममा रणबीर कपुर भगवान रामको भूमिकामा देखिने भएका छन् । केही दिन अगाडी मात्रै भारतीय मिडियाहरूले अमिताभ बच्चनले राजा दशरथको भूमिका निर्वाह गर्ने कुरा लेखेका थिए । 

तर अन्य केही सञ्चार माध्यमले भने निर्माताले अझै पनि रामायणमा दशरथको भूमिका निभाउने पात्रको खोजी गरिरहेको बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार निर्माताले राजा दशरथको भूमिका निभाउनका लागि अरुण गोविलसंग कुराकानी गरेका छन् । अरुण गोविलले रामानन्द सागरको रामायणमा भगवान रामको भूमिका निभाएका थिए । 

रिपोर्टहरुका अनुसार अहिले उनीहरूमा कुराकानी मात्रै भएको हो । आधिकारिक रुपमा गोविलले दशरथको भूमिका निभाउने पक्का भने भैसकेको छैन् । 

यस्तै तिवारीको रामायणका लागि धेरै अभिनेताहरूको नाम विभिन्न पात्रको भूमिकाको लागि छनोट गरिएको कुरा बाहिरिएका थिए । तर ती सबै सही नभएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । 

साई पल्लवीले सीताको भूमिका निभाउने कुरा पनि बाहिर आएको थियो । तर अहिले सार्वजनिक भएको रिपोर्टका अनुसार जान्हवी कपूरले सीताको भूमिका निभाउने कुरा बाहिर आएको छ ।

यस्तै कैकेईको भूमिकामा लारा दत्ता देखिने बताइएको छ । यस्तै तेलगु अभिनेता नवीन पाँलीशेट्टीले लक्ष्मण र केजीएफ यशले रावणको भूमिका निभाउन सक्ने पनि भारतीय मिडियाहरूले अनुमान लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?