मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओपन एआईले च्याटजीपीटीमा मेमोरी फिचर थप्ने 

काठमाडौँ– ओपनएआईले च्याटहरूलाई धेरै सहज बनाउनका लागि भनेर च्याटजीपीटीमा मेमोरी फिचर थप्ने जनाइएको छ ।

अन्र्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार च्याटजीपीटीले अव तपाइको विगतका कुराकानीहरू पनि सम्झनेछ ।

यसका साथै, मेमोरीले तपाइले विगतमा च्याटबोटमा खुलासा गरेको कुरा समावेश गर्न सक्ने उल्लेख गरिएको छ ।

यसले अन्य धेरै टुल्सहरूलाई पनि थप उपयोगी बनाउन सक्नेछ, जस्तै तपाईँलाई आफ्नो अध्ययनको योजना बनाउन मद्दत गर्ने वा तपाईँको फिटनेस प्रगतिको ट्र्याक राख्नलाई मद्दत गर्नेछ।

मिडिया रिपाेर्टका अनुसार पूर्वनिर्धारित रूपमा, यो मेमोरी फिचर सक्रिय हुनेछ ।

ओपनएआईले भविष्यमा च्याटजीपीटी ले कसरी काम गर्छ भनेर सुधार गर्नका लागि यी मेमोरीहरू प्रयोग गर्ने योजना बनाएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?