मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दोस्रो सन्तानको पर्खाइमा विराट र अनुष्का

काठमाडौं – बलिउड स्टार अनुष्का शर्मा गर्भवती रहेको विषयलाई लिएर विभिन्न अड्कलबाजी जारी छ । पहिलो सन्तान जन्मिएको लामो समयपछि अनुष्का गर्भवती भएको केही दिनयता समाचार आइरहेका छन् । यद्यपि, उनका क्रिकेटर पति विराट कोहली र अनुष्का स्वयंले यो विषयमा आधिकारिक जानकारी दिएका छैनन् ।

केही दिन अघि क्रिकेटर डिविलिअर्सले अभिनेत्री अनुष्का गर्भवती रहेको भन्दै एक भिडियो सामाजिक सञ्जालमा राखेका थिए । उनले कोहलीले परिवारसँग समय बिताउनका लागि टिमबाट बिदा लिएको दाबी गरेका थिए ।

तर केही समयपछि उनले आफ्नो भनाइलाई फिर्ता लिँदै माफी मागेका थिए । तर अहिले आएको एक खबरलाई आधार मान्ने हो भने डिविअलर्सको भनाइलाई सही मान्न सकिन्छ । अनुष्काको गर्भावस्थामा केही समस्या देखिएको छ । एक खेल पत्रकारले ट्वीटरमा एक ट्वीट गर्दै अनुष्काको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।

‘चार कुरा । पहिलोः जो डिविलियर्सले भनेका थिए, त्यो कुरा सही हो । दोस्रो: केही स्वास्थ्य समस्याका कारण विराटले अनुष्कालाई विदेशमा रहेका डाक्टरलाई देखाउने र परिवारका साथ केही समयका लागि उतै बस्ने निर्णय लिएका छन् । तेस्रो: उनले बीसीसीआईसँग अनुमति लिएर यो समय परिवारका साथ बिताउने निर्णय लिएका छन् । चौथो: हामी उनको सुखद भविष्यको कामना गर्न चाहन्छौँ’, त्रिपाठीले ट्वीट गरेका छन् ।

यो ट्वीटले सामाजिक सञ्जालमा चर्चा पाएको छ । ट्वीटरमा अनुष्का र विराटका फ्यानहरूले कमेन्ट गरिरहेका छन् । एक प्रयोगकर्ताले खेल पत्रकारले अनुष्काको गोपनीयताको ध्यान नदिएको भन्दै रोष व्यक्त गरेका छन् । अन्य प्रयोगकर्ताले भने अनुष्काको स्वास्थ्य लाभको कामना गरेका छन् ।

गत फेब्रुअरी ३ मा एबी डिविलिअर्सले युट्युब च्यानलमा विराट दोस्रो सन्तानको पर्खाइमा रहेकाले उनले टेस्ट सिरिजको हिस्सा नबन्ने निर्णय लिएको खुलासा गरेका थिए । ‘हो, उनको दोस्रो बच्चा आउँदैछ । यो परिवारको समय हो र यी कुरा विराटका लागि आवश्यक छन्,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?