मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बादलको रोमान्टिक शैलीको प्रेम गीत सोल्टिनी सार्वजनिक

काठमाडौं – गायक बादल लिम्बुको नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक भएको छ। भ्यालेन्टाइन्स डेको अवसरमा बादलको रोमान्टिक शैलीको प्रेम गीत सोल्टिनी सार्वजनिक गरिएको हो ।

गीतकार शान्ति लिम्बुले लेखेको लोक शैलीको यो गीतमा बादल स्वयम्ले संगीत भरेका छन् । यो गीतको भिडियोमा चर्चित जुम्ल्याहा कलाकार गंगा लिम्बु र जमुना लिम्बु सोल्टिनीको भूमिकामा फिचर्ड छन् ।

उनीहरुसँगै भिडियोमा गायक बादलसँगै कलाकार भूपु लिम्बुको पनि अभिनय छ । ‘यो रोमान्टिक शैलीको प्रेम गीत हो । गीतमा लिम्बु संस्कृतिको लय झल्किएको अनुभूति गर्न सकिन्छ,’ गायक लिम्बुले भने ।

उदयराज पौडेलको एरेन्ज, अनिल रानाको सम्पादन रहेको यो गीतको भिडियोको छायांकन र निर्देशन किरन राईले गरेका हुन् । गीतलाई मुन्धुम स्टुडियोले सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?