काठमाडौं – चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमले नयाँ चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ । टिमले बुधबार वसन्त पञ्चमी तथा प्रेम दिवसको अवसर पारेर चलचित्रको नाम ‘लज्जा शरणम’ घोषणा गरेको हो ।
वसन्त पञ्चमीको अवसर पारेर सामाजिक सञ्जालमार्फत नाम सार्वजनिक गरिए पनि चलचित्रका बारेमा विस्तृत जानकारी भने दिइएको छैन । चलचित्रको निर्देशन भने सम्भवतः अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ ले गर्नेछन् ।
उनीहरूले सक्किगोनीको निर्देशन गर्दै आएका छन् । चलचित्रमा सक्किगोनीका थुप्रै कलाकारहरूलाई देख्न सकिने छ । अन्य कलाकारहरूबारे जानकारी दिइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया