मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राजकुमार बगरको शब्द तथा संगीतमा ‘तिमी नभए’ सार्वजनिक

काठमाडौं – गीतकार एवं संगीतकार राजकुमार बगरको शब्द तथा संगीत रहेको गीत ‘तिमी नभए’ सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर गीत सार्वजनिक गरिएको हो ।

गीतमा नव प्रतिभा रमेश किशोर ढकालले स्वर दिएका छन् । राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतको रेकर्डिङ, मिक्सिङ र माष्टरिङ राजकुमार बगरले नै गरेका हुन् । विशेषगरी वियोगान्त गीतहरू रचना गर्न रुचाउने बगरले यो पटक संयोगान्त गीत प्रस्तुत गरेका छन् ।

प्रेम दिवसलाई लक्षित गरी निर्माण गरिएको उक्त म्युजिक भिडियोमा लोकप्रिय मोडल सनम कठायत र कविता न्यौपानेको अभिनय हेर्न सकिन्छ ।

एभरेष्ट ग्यालेरी नामक युट्यूब च्यानलले बजारमा ल्याएको उक्त गीतमा जनक सिंहको निर्देशन,दीपक गिरीको छायाङ्कन र अमृत चापागाईँको सम्पादन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?